• ११ मंसिर २०८१, मङ्गलबार

पुलिसको सहज जित

blog

पुलिस टोली । तस्बिर : एन्फा

काठमाडौं, जेठ १२ गते । विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारलाई २–० गोलले हरायो ।

पुलिसको जितमा भरत शाह र मोहमद आसिकले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भरतले ७६औं मिनेटमा हेडगोल गर्दै पुलिसको उत्साह जगाउनुभयो ।

त्यसपछि ८८औं मिनेटमा मोहमदले गोल गर्दै पुलिसलाई सजिलै जिताउनुभयो । जितसँगै पुलिस छैटौं स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलबाट २८ अङ्क पुगेको छ । समान खेलबाट २१ अङ्क बनाएको खुमलटार तालिकाको अन्तिममा छ ।