• ११ मंसिर २०८१, मङ्गलबार

च्याम्पियन सिटी अन्तिम खेलमा पराजित

blog

च्याम्पियन सिटीलाई हराएपछि ब्रेन्टफर्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको म्यानचेस्टर सिटी असन्तिम खेलमा ब्रेन्टफर्डसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी ब्रेन्टफर्डसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।

ब्रेन्टफर्डको जितमा इथान पिननकले ८५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । ब्रेन्टफर्डले पहिलो चरणमा पनि सिटीलाई २–१ गोलले हराएको थियो । जितसँगै ३८ खेलबाट ५९ अङ्क बनाएको  ब्रेन्टफर्ड नवौ स्थानमा रह्यो । च्याम्पियन सिटीले ३८ खेलबाट ८९ अङ्क बनायो ।

यस्तै अर्को खेलमा दोस्रो स्थानमा रहेको आर्सनलले वल्भ्सलाई ५–० गोलले हरायो । आर्सनललाई जिताउन ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअरले एक एक गोल गर्नुभयो । जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अङ्क बनायो । पराजित वल्भ्स ४२ अङ्कसहित १३औँ स्थानमा रह्यो ।

म्यानचेस्टर युनाइटेड र न्युक्यासलले च्याम्पियन्स लिगमा स्थान बनाउँदा पूर्व विजेता लेस्टर सिटी र लिड्स युनाइटेड रेलिगेसनमा परेको छ । आइतबार राति भएको अन्तिम खेलमा लेस्टरले वेस्टहामलाई २–१ गोलले हराए पनि रेलिगेसन टार्न सकेन ।

अर्को खेलमा लिड्स टोट्टनहामसँग ४–१ गोलले पराजित भयो । यसअघिनै रेलिगेसनमा परिसकेको साउथह्याम्पटनले अन्मित खेलमा लिभरपुललाई ४–४ गोलको बराबरीमा रोक्यो । एजेन्सी