फुटबलर सावित्रालाई युरोपमा खेल्ने अवसर
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ ।
थ्रिस्टारविरुद्ध एपिएफले दियो एन्फामा उजुरी
विभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रिस्टार क्लबले भिसा विनै दुई जना विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा उजुरी दिएको छ ।
मैत्रीपूर्ण खेलका लागि फुटबल टोलीको बिदाइ
भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
‘ए’ डिभिजन लिग : बढुवा दुईमध्ये एक च्याम्पियन अर्को रेलिगेसन
नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।
सिटीले चुम्यो च्याम्पियन्स लिग उपाधि
युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हरायो ।
थ्रीस्टार जोगियो एपिएफ रेलिगेसनमा
गर या मरको अन्तिम खेलमा छिमेकी टोली जावलाखेल यूथ क्लबलाई हराउँदै ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।
खुमलटार ‘ए’ खेलेकै वर्ष रेलिगेसनमा
ललितपुरको एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।
रेलिगेसनबाट जोगियो फ्रेन्ड्स क्लब (फोटो फिचर)
विभागीय टोलि नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।
साफ फुटबल टोलीको घोषणा
भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
चीनसँग नेपालको फराकिलो हार
एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।
मच्छिन्द्र र एनआरटी विजयी
साविक विजेता मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगका बुधबार विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्बललाई ३–१ गोलले हरायो । च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
नेपाल म्यानमारसँग पराजित
मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन
चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।
च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो
स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।
मच्छिन्द्रलाई पुलिसको धक्का
उपाधि रक्षाको अभियानमा रहेको साबिक विजेता मच्छिन्द्र क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबको नमिठो धक्का लागेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्र पुलिससँग २–१ गोलले पराजित भयो ।
यू-२० महिला फुटबल टोलीको बिदाइ
म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित
टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
सिटीले जित्यो एफए कप
एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।
एपिएफ र थ्रीस्टारको बराबरी
विभागीय टोली एपिएफ क्लब र थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एपिएफ र थ्रीस्टारले १–१ गोलको बराबरी खेलेको हो ।
‘ए’ डिभिजन लिग : उपाधि होड र रेलिगेसन रोचक मोडमा
सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ ।
मेस्सीले पीएसजी छाड्ने पक्का
अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताउनुभएको छ ।
एनआरटीमाथि पुलिसको प्रतिस्पर्धात्मक जित
विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो ।
लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने क्लबको निर्णय
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकेपछि मात्र राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा खेलाडी पठाउने निर्णय गरेका छन् ।
सेभियालाई युरोपा लिग उपाधि
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।