• १३ वैशाख २०८१, बिहिबार

चीनसँग नेपालको फराकिलो हार

blog

चीनसँग प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी ।

काठमाडौं, जेठ २५ गते । एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँग ५–० गोलले पराजित भयो ।

नेपालको यो लगातार दोस्रो हार हो । समूह ‘बी’को पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५–० गोलले नै पराजित भएको थियो । चीनसँग पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो ।


चीनको जितमा युयाङ युहानले १६औँ , होउ युछिनले २६औँ, यिन लिहोङर लु ज्यायुलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । अर्को गोल ८९औँ मिनेटमा यु जिकीले थप्नुभएको थियो ।

लगातार दोस्रो हारसँगै नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।