• ११ फागुन २०८२, सोमबार

काष्ठमण्डपलाई फुटसल उपाधि

blog

उपाधि विजेता टिम ।

काठमाडौँ, फागुन ११ गते । आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि  जितेको छ ।

मण्डिखाटारमा सोमबार भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २–० गोलले हरायो । काष्ठमण्डपको जितमा दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गर्नुभयो । 

यसअघि सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० तथा एआईटीएमले द सेलिब्रेसन को—एडलाई २–१ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

तेस्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३–१ गोलले पन्छायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशस् ५० हजार, २५ हजार र १५ हजार रुपियाँ पुरस्कार पाए । 

प्रतियोगितामा काष्ठमण्डपका प्रशान्त उत्कृष्ट खेलाडी र उपाधि विजेता टोलीकै प्रभात देवकोटा उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । दुवैले जनही दुई दुई हजार रुपियाँ पाउनुभयो । 

विजेतालाई नेपालस्थित मलेसिया दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अज्मान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा.शिवा थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । 

दुईदिने प्रतियोगितामा आयोजकको दुईसहित आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।