• १२ असोज २०८१, शनिबार

फुटबलर सावित्रालाई युरोपमा खेल्ने अवसर

blog

सावित्रा भण्डारी (साम्बा) ।

काठमाडौं, जेठ ३० गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ ।

सावित्रालाई इजरायली क्लब हापोएल रानाना एएफसीले अनुबन्ध गरेको हो । हापोएलले मङ्गलबार सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ । सावित्रा यसअघि भारतको महिला लिगमा अनुबन्ध हुँदै आउनुभएको थियो ।

घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आउनुभएकी सावित्राले भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग उपाधि जितिसक्नुभएको छ । 

उहाँले हालै मात्र भारतको महिला लिगमा गोकुलम केरलाबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाउनुभएको थियो । लिगमा २९ गोल गर्दै उहाँले सर्वाधिक गोल कर्ताको उपाधि समेत जित्नुभएको थियो ।

गोकुलम अघि उहाँले सेथु एफसीबाट भारतको लिग खेल्नुभएको थियो । भारतको लिगमा सानदार प्रदर्शन गरेपछि सावित्रा युरोपेली क्लबको आँखामा पर्नुभएको हो ।