• ११ मंसिर २०८१, मङ्गलबार

सिटीले चुम्यो च्याम्पियन्स लिग उपाधि

blog

उपाधिसहित सिटीका एर्लिङ ब्राउट हालान्ड । तस्बिर : एएफपी

काठमाडौं, जेठ २८ गते । युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हरायो ।

सिटीलाई च्याम्पियन्स लिग उपाधि दिलाउन रोड्रीले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा रोड्रीले ६८औँ मिनेटमा रिवान्डका प्राप्त बलमा गोल गर्नुभएको थियो । सिटीले पहिलो पटक च्याम्पियन्स लिग फुटबल उपाधि जितेको हो ।

यससँगै सिटीले एकै सिजनका महत्त्वपूर्ण  ‘ट्रेबल’ उपाधि जित्न सफल भएको छ । यसअघि सिटीले एफए कप र प्रिमियर लिग चुमेको थियो । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

सिटी ‘ट्रेबल’ उपाधि जित्ने दोस्रो इङ्लिस क्लब हो । यसअघि यस्तो उपलब्धि  म्यानचेस्टर युनाइटेडले हात पारेको थियो । एजेन्सी