भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा
विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सुपर वउलको फाइनल आइतबार
अमेरिकाको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक चर्चित अमेरिकी फुटबल भनेर चिनिने सुपल बउलको फाइनल खेल आगामी आइतबार हुने भएको छ ।
आहा–रारा गोल्डकप : पुलिसको विजयी सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लबले २४औं आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।
साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘फोर नेसन्स कप’ को तयारी
नेपालले फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ को तयारी सुरु गरेको छ ।
क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु
रामपुरमा विभागिय टिमसहितको सहभागितामा क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कपअन्तर्गत प्रतियोगिता सुरु भएको हो ।
बुढासुब्बा गोल्डकप : पाहुना टोली भुटान सेमिफाइनलमा
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
आठौँ कोहलपुर मेयर कप प्रतियोगितामा कृष्ण मावि प्रथम
आठौँ कोहलपुर मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आठौँ अन्तर आवि/मावि मेयर कप रनिङ शिल्ड तथा १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ आइतबार सम्पन्न भएको हो ।
डिभिजन खेल्ने १२ क्लबलाई नगद पुरस्कारसहित सम्मान
ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।
बुढासुब्बा गोल्डकप : युकेएफसी भारतको जित
२५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।
दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप : आयोजक एपिएफको विजयी सुरुवात
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।
फुटबल क्लबलाई ललितपुर महानगरको सम्मान
ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक समारोहबिच नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बुढासुब्बा गोल्डकप : चर्च बोइज युनाइटेड सेमिफाइनलमा
२५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ ।
आँबुखैरेनी अध्यक्ष कपको उपाधी प्रहरीलाई
तनहुँको आबुँखैरेनी गाउँपालिकाको आयोजनामा गरिएको दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।
तेस्रो डम्बर रानाभाट स्मृति कपको च्याम्पियन पुलिस
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाँके टिमले उचालेको छ । बाँके खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी सुटको आधारमा जिल्ला प्रहरी बाँकेको टिमले उपाधी उचाल्न सफल भएको हो ।
आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन
आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सभापति कपको उपाधि जित्ने सङ्कटा र बागमतीको दाबी
दशरथ रङ्गशालामा बिहीबार साँझ हुने प्रतियोगिताको उपाधिका लागि सङ्कटा क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीबिच प्रतिस्पर्धा हुँदैछ ।
महिला लिगमा एपिएफ च्याम्पियन
विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ ।
केपी ओली कप फुटबल फागुनमा
तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो साता हुने भएको छ ।
एनआरटीलाई हराउँदै आयोजक बागमती फाइनलमा
दशरथ रङ्गशालामा मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।
अल हिलाललाई नेयमारको बाइ बाइ
ब्राजिलियन स्टार फुटबलर नेयमारले साउदी प्रो क्लब अल हिलाल छाड्ने हुनुभएको छ ।
खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।