बर्नलीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा
बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोलले हरायो ।
एपिएफलाई मकवानपुर गोल्डकप उपाधि
हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
नेपाल र चीनबिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो ।
फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
इरानलाई हराउँदै कतार फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मच्छिन्द्रलाई यु–१६ फुटबल लिग उपाधि
एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा
जोर्डन कतारमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा मङ्गलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले हरायो ।
चिनियाँ युवा फुटबल टोली नेपालमा
दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौँ आइपुगेको छ । नेपालले चीनको चिङ्घाइ फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।