लुम्बिनी कप महिला फुटबल : नेपाल र भारतका आठ टीम सहभागी हुने
महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
पुलिसमाथि आर्मीको कठिन जित
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो ।
झापा गोल्डकपको अध्यक्षमा गिरी
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
बागमतीमाथि एपिएफको सहज जित
सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको एकपक्षीय खेलमा एपिएफले बागमतीलाई ६–० गोलले हरायो ।
बीबीसीलाई भेट्रान फुटबल उपाधि
जावलाखेल मैदानमा मङ्गलबार भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले हरायो ।
वालिङलाई पुलिसले सजिलै हरायो
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो ।
स्पेनिस सुपर कपमा बार्सिलोना च्याम्पियन
स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–२ गोलले हराउँदै उपाधि उचालेको हो ।
‘फोर नेसन्स कप’ मा नेपालको पहिलो खेल किर्गिस्तानसँग
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ ।
पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि
मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
आर्मीलाई हराउँदै एपिएफ शीर्षस्थानमा
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको शीर्षस्थान थप बलियो बनाएको छ ।
एपिएफले पुलिसलाई सजिलै हरायो
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो ।
साफ च्याम्पिनसिपको मिति तय
दक्षिण एसियाली फुटबलको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।
बार्सिलोना सुपर कपको फाइनलमा
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वालिङको पोस्टमा आर्मीको दर्जन गोल
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । आर्मीको यो जारी लिगमा सर्वाधिक फराकिलो जित हो ।
खो खो विश्वकप २०२५का लागि राष्ट्रिय टिमको घोषणा
आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप ( २०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो संघले गरेको छ ।
बागमतीमाथि पुलिसको सहज जित
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले बागमतीलाई २–० गोलले हरायो ।
एसि मिलानलाई इटालियन सुपर कप उपाधि
इटालियन सुपर कप फुटबलको उपाधि एसि मिलानले जितेको छ । आउदी अरेबियामा सोमबार राति भएको खेलमा एसि मिलानले शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ गोलले हरायो ।
अनुशासन र कर्तव्यपालन गरी अघि बढ्न खेलकुद सङ्घलाई मन्त्री चौधरीको निर्देशन
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद सङ्घहरूलाई निर्देशन दिनुभएको छ । मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
वालिङको पोस्ट्मा एपिएफको गोलवर्षा
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।
लिभरपुललाई युनाइटेडको झट्का
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडको झट्का लागेको छ ।
पुलिस र आर्मीको गोलरहित बराबरी
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
एपिएफको जितमा रश्मिको ह्याट्रिक
काठमाडौँ, पुस २१ गते । रश्मिकुमारी घिसिङको ह्याट्रिकको सहयोगमा नेपाल एपिएफ क्लबले शनिबार बागमती युवा क्लबलाई ५–१ ले हराएर एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा पहिलो जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार भएको छ । यसअघि बागमती उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा गीता राना र अनिता केसीले पनि गोल गर्नुभयो । बागमतीका लागि पुष्पाकुमारी खड्काले गरेको गोल सान्त्वना मात्र बन्यो । रश्मिकुमारीले खेलको १२ मिनेट बित्दा दुई गोल गरिसक्नुभएको थियो । खेलको ५९ औँ मिनेटमा रश्मिकुमारीले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । पहिलो चरणमा सर्वाधिक गोलकर्ता रश्मिकुमारी खेल सकिएपछि ‘प्ले अफर अफ दी म्याच’ घोषित हुनुभयो । पहिलो चरणमा एपिएफले बागमतीलाई ७–० ले हराउँदा पनि रश्मिकुमारी एक्लैले पाँच गोल गर्नुभएको थियो । यसबिच खेलको १७ औँ मिनेटमा पुष्पाले गोल गरी स्कोर २–१ पार्नुभएको हो । एपिएफका डिफेन्डर र गोलरक्षकबिच तालमेल हुन नसकेको फाइदा उठाउँदै पुष्पाले गोल गर्नुभएको हो । यद्यपि खेलको २७ औँ मिनेटमा गीताले गोल गरेपछि एपिएफले १० मिनेटपछि नै पुनः अग्रता दोब्बर बनाएको थियो । एपिएफका लागि पाँचौँ तथा अन्तिम गोल अनिताले ७० औँ मिनेटमा गर्नुभयो ।
१९ औँ ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुललाई
पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधी चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गतेदेखि सुरु भएको १९ औँ ललित अम्वर डिपो कपको फाइनलमा आयोजक डिपो स्कुललाई टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधीमाथि कब्जा जमाएका हुन् ।
बागमतीमाथि आर्मीको सहज जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती युवा क्लबमाथि सहज जित निकालेको छ ।