काठमाडौँ, पुस २३ गते । इटालियन सुपर कप फुटबलको उपाधि एसि मिलानले जितेको छ । आउदी अरेबियामा सोमबार राति भएको खेलमा एसि मिलानले शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ गोलले हरायो ।
एसि मिलानको जितमा थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले गोल गर्नुभयो । इन्टरका लागि लौटारो मार्टिनेज र मेहदी तारेमीले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता इन्टरले लिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै इन्टरको उत्साह जगाउनुभयो । ४७औँ मिनेटमा तारेमीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । तर दोस्रो हाफमा इन्टर सम्हालिन सकेन ।
५२औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै एसि मिलानलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । त्यसपछि ८०औँ मिनेटमा पुलिसिक र दोस्रो हाफको इन्जुरी समयमा अब्राहमले गोल गर्दै एसि मिलानलाई रोमाञ्चक जित दिलाउनुभयो ।
एसि मिलानले आठ वर्षपछि याे उपाधि जितेको हो । यसअघि एसि मिलानले सन् २०१६ मा पहिलो पटक इटालियन सुपर कप जितेको थियो । एजेन्सी