• २० माघ २०८१, आइतबार

तेस्रो डम्बर रानाभाट स्मृति कपको च्याम्पियन पुलिस

blog

जिल्ला प्रहरी कार्यालय बाँके टिमलाई ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी । तस्बिर : कमल खत्री

कमल खत्री
धम्बोझी, माघ २० गते ।
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाँके टिमले उचालेको छ । बाँके खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी सुटको आधारमा जिल्ला प्रहरी बाँकेको टिमले उपाधी उचाल्न सफल भएको हो ।

जिप्रका बाँके टिमले हिमालयन सामुदायिक क्लब ‘बी’लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै उपाधी जितेको हो । त्यसअघि हिमालयनले बुद्ध युवा क्लबलाई ५–३ ले हराउँदै  फाईनलमा प्रवेश गरेको थियो । जिप्रका बाँके टिमले हिमालयन समुदायिक क्लब ‘ए’लाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो ।

फाईनल खेलको निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । २५ मिनेटमा जिप्रकाका सुरज थारुले गोल गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर ३६ मिनेटमा हिमालयनका निराजन शाहीले गोल गर्दै खेल बराबरीमा पुर्‍याउनुभयो ।

प्रतियोगितामा जिप्रका बाँकेका सनम थारु सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताको रुपमा हिमालय सामुदायिक क्लबका क्षितिज थापामगर र उत्कृष्ट गोलकर्ताका रुपमा जिप्रका टिमका बिष्णु ढकेर पुरस्कृत हुनु भएको थियो । 

विजेता बनेको जिप्रका टिमले ६० हजार पाँच सय ५५ रुपियाँ र उपविजेता आयोजक हिमालयन सामुदायिक क्लब ‘बी’ले ३५ हजार पाँच् सय ५५ रुपियाँ नगदसहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताको बिजेतालाई डम्मर रानाभाटका बुवा बमबहादुर रानाभाट तथा आमा उजेली रानाभाटले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यस्तै, उपबिजेता बनेको आयोजक हिमालय टिमलाई दोस्रो पुरस्कारको सौजन्यकर्ता चाचा इट्टा उद्योगका प्रोप्राइटर नसिम खाँले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको खेलको सुरुवातमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक, बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले उपस्थिति जनाउनुभएको थियो । प्रतियोगितामा १६ टिमले सहभागिता रहेको थियो आयोजक क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो ।