प्रिमियर शोमा 'प्रेमा'लाई सकारात्मक प्रतिक्रिया
चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’को प्रिमियर सो सम्पन्न भएको छ । काठमाडौंमा बुधबार भएको प्रिमियर शोमा फिल्मकर्मीहरूले ‘प्रेमा’लाई सकारात्मक प्रतिक्रिया दिनुभएको हो ।
सिम्पल र कुन्साङको 'हेरेको तिमीलाई'
लोकप्रिय गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन अभिनीत 'हेरेको तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
फिल्म 'आदिपुरुष'को नयाँ पोस्टर सार्वजनिक
राम नवमीको अवसरमा प्रभास र कृति सेनन अभिनीत फिल्म 'आदिपुरुष'को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा कृति प्रभास र सन्नी (माता सीता, भगवान् राम र लक्ष्मण) को भूमिकामा देखिएका छन् ।
कुशल श्रेष्ठको ‘यस्तो एउटा संसार’ सार्वजनिक
कुशल श्रेष्ठको निर्देशनमा तयार भएको ‘यस्तो एउटा संसार’ को भिडियो सार्वजनिक भएको छ।
फिल्म 'कैदीको पत्र'को पहिलो गीत सार्वजनिक
फिल्म 'कैदीको पत्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
फिल्म 'नाङ्गो गाउँ'को छायाङ्कन सुरु
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘नाङ्गो गाउँ’को छायाङ्कन सुरु भएको छ ।
कलाकारमाथि साइबर आक्रमण बढ्यो : भुवन केसी
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारमाथि साइबर आक्रमण बढेको बताउनुभएको छ ।
देउडा अभिनयमा जम्दै ‘झरना’
पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।
‘वैरागी’को प्रिमियर सो
नेपाली समाजमा महिलामाथि हुने थिचोमिचो र हिंसाको कथावस्तुलाई समेटेर बनाइएको ‘वैरागी’ नामक म्युजिक भिडियोको पहिलो पटक डोल्पामा प्रिमियर सो गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–९ चुँ गाउँमा छायाङ्कन तथा एचबीआर कला केन्द्रको ब्यानरमा निर्माण गरिएको उक्त भिडियोको त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र त्रिपुराकोटमा पहिलो प्रिमियर सो गरिएको हो ।
चलचित्र 'मिरा : स्याडो अफ अ रेन्बो'को शुभमुहुर्त
नेपाली चलचित्र 'मिरा : स्याडो अफ अ रेन्बो’को सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
'प्रेमा' आफैँमा रङ्गीन र रोमाञ्चक छ : निर्देशक भण्डारी
आधा दर्जनभन्दा बढी फिल्ममा सह-निर्देशकको रूपमा काम गरिसक्नुभएका निर्देशक गोविन्द सिंह भण्डारीको पहिलो लेखन हो फिल्म 'प्रेमा' ।
नायक शिव श्रेष्ठको पोडकास्ट 'शिव दाइ'
सुपरस्टार शिव श्रेष्ठले 'शिव दाइ' नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।
नाट्य प्रज्ञा प्रतिष्ठानले मनायो ६२ औँ विश्व रङ्गमञ्च दिवस
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा ६२ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।
'कलाकार आफू र समाजप्रति इमानदार हुनुपर्छ'
आज ६२ औँ विश्व रङ्गमञ्च दिवस अर्थात् रङ्गकर्मीहरूको उत्सवको दिन । नेपालका स्थापित र सुपरिचित रङ्गकर्मीहरूको विचारमा सच्चा कलाकारमा आफू र समाजप्रति इमानदार हुनु जरुरी छ । यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ ।
'मिस लिम्बू'को उपाधि भिनुमालाई
‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जित्नुभएको छ । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौँ ‘मिस लिम्बू’ को उपाधि जित्नुभएको हो ।
फिल्म 'जारी'को पहिलो गीत 'चरी बस्यो' सार्वजनिक
कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशनमा बनेको फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा स्वर छ ।
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिनुभएको छ ।
फिल्म 'बुलाकी'को दोस्रो गीत 'दुनियाँलाई सम्झाइदेउन्'
अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन्’ सार्वजनिक भएको छ । गीतमा नरेन, सुरक्षा र बिराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई देख्न सकिन्छ ।
‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा
अभिनेतृ बेनिशा हमालको निर्देशकीय ‘डेब्यु’ छोटो चलचित्र ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरी प्रमुख भूमिकामा देखिनुभएको छ ।
‘झरनाको चिसो पानी’
झरनाको ‘चिसो पानी’ गीत न गुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।
चलचित्रमा एकै नामको निरन्तरता
हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र जगत्मा पनि चलचित्र सिरिज बनाउने होड चलेको छ । निर्देशकहरू अहिले आफ्नो चलचित्रको सिरिज बनाएर सिनेमाघरमा दर्शक तान्ने प्रयत्नमा देखिनुभएको छ । एउटै नाम भएको फरक कथाको चलचित्र भए पनि नाम दर्शकको मुखमा भुन्डिसकेको हुनाले यस्ता नेपाली चलचित्रहरूले निर्मातालाई मनग्गे फाइदा पुग्ने गरेको उदाहरण नेपालमै पनि छ । यसका कारण सिनेमाघरहरूमा नेपाली चलचित्र हेर्ने दर्शकको घुइँचो लाग्नु नै हो । केही समय सुस्ताएको चलचित्र बजार अहिले एकाएक माथि उठेको छ । चलचित्र ‘छक्का पञ्जा ४’ यसको राम्रो उदाहरण हो ।
'थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल'-रङ्गकर्मी श्रेष्ठ
“थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल हो । आर्ट र अर्टिस्ट कहिले पनि सिद्ध हुँदैन । थिएटरले कलालाई गहिराइसम्म बुझ्न मद्दत गर्दछ ।”
चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त
चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो ।
चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा
नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ ।