• १९ असार २०८१, बुधबार

फिल्म 'ए साथी सुन' को लिरिकल गीत सार्वजनिक

blog

काठमाडौं, वैशाख १८ गते । आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको अभिनय छ । 

सार्वजनिक गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको सङ्गीत र स्वर छ । लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको फिल्ममा वर्षा र रमेशसँगै आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको अभिनय छ । 

यस्तै, कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा देख्न सकिन्छ । 

फिल्ममा राम राघव आचार्यको लेखन तथा निर्देशन र बीना कार्की र सन्तोषकुमार राईको निर्माण छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मका सह- निर्माता सुदीप पौडेल हुनुहुन्छ ।