• ११ मंसिर २०८१, मङ्गलबार

‘ज्याकी : आई एम ट्वान्टी वान’को प्रिमियर

blog

काठमाडौँ, वैशाख २१ गते । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को काठमाडौँमा  प्रिमियर भएको छ । प्रिमियरमा नेपाली चलचित्रकर्मीहरू र पत्रकारहरूको सहभागिता रहेको थियो । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक नृत्यको कथा बुनिएको चलचित्र हेर्नेहरूले चलचित्रले पुरानो संरचना भत्काएको प्रतिक्रिया दिनुभएको छ ।

चलचित्रको शीर्ष पात्र ज्याकी लिम्बूको भूमिकामा धीरजले अभिनय गर्नुभएको छ । उहाँलाई रुबी पात्रको चरित्रमा जसिता गुरुङले साथ दिनुभएको छ ।  लाहुरे बन्न घरबाट आउने दबाबविरुद्ध डान्सर बन्ने सपना बोकेको कुरा चलचित्रले दर्शाउन खोजेको छ । रेनशा राई राणाको निर्देशनमा बनेको  चलचित्रमा धीरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक रेनशाको यो दोस्रो चलचित्र हो भने अभिनेता मगरको यो तेस्रो चलचित्र हो ।