• १५ चैत २०८०, बिहिबार

यसरी हुन सकिन्छ फेसनेबल ...

blog

काठमाडौँ, वैशाख २१ गते । फेसनेबल भएर हिँड्न चाहनेहरूका लागि वर्षायाम निकै दिग्दार लाग्दो हुन सक्छ । यस्तो मौसममा फेसनेबल भएर हिँड्नु निकै कठिन पनि हुन्छ तर ऋतुअनुसारको सही पोसाक छनोट गर्न सकेमा भने चाहेजस्तो फेसनेबल बन्न सकिने सुझाव फेसन विशेषज्ञहरूको रहेको छ । वर्षायाममा निरन्तर पानी परिरहने हुँदा मौसम चिसो हुने भएकाले त्यहीअनुसारको कपडा छनोट गर्नुपर्ने फेसन डिजाइनर रमिला नेम्कुलले बताउनुभयो । मौसमअनुसारको कपडा छनोट गरेर लगाएमा त्यसले व्यक्तित्व राम्रो बनाउँछ । उहाँ भन्नुहुन्छ, ‘‘बजार ट्रेन्ड हेरर पोसाक छनोट गर्नुभन्दा आफ्नो शरीरमा मिल्ने, लगाउँदा आनन्द र शीतलताको अनुभूति हुने कपडा छनोट गर्नु बुद्धिमानी हुन्छ ।” 

 उहाँका अनुसार वसन्त ऋतुले बाहिरी वातावरणलाई जसरी उमङ्गमय, रमाइलो र फूलमय बनाएको हुन्छ त्यस्तै मानिसको चाहना पनि यतिबेला बुट्टेदार कपडामा हुने गरेको छ । महिलाका लागि ‘प्रिन्टेट वान पिस’, सुतीका कुर्तासलवार बढी रोजाइमा पर्छन् । यस्ता कपडाबाट मौसमसँगको एकाकार भएको अनुभूति पनि हुन्छ । त्यस्तै पुरुषको पहिरनमा जिन्स, चिनोज र कटनका हाफ र फुल पाइन्ट, सर्ट, टिसर्ट तथा स्र्केचर्सका जुत्ता र फित्ता भएको चप्पलको बढी माग हुनेगर्छ । वर्षायाममा  घाम लाग्दा होस् वा पानी पर्दा छाता ओढ्नु छालाको सुरक्षाका लागि  अपरिहार्य हुन्छ । छाता छनोट गर्दा पारदर्शी छाता रोज्नु उपयुक्त हुने नेम्कुलको सुझाव छ ।

 अर्का फेसन डिजाइनर आस्तिक शेरचनले मनसुनको समयमा शरीरलाई हलुका महसुस हुने र छिटै सुक्ने खालका पहिरन लगाउन सुझाव दिनुहुन्छ । पानी निरन्तर पर्ने हुनाले सुकिहाल्ने र चम्किलो रङका पहिरन छनोट गर्दा सहज हुनुका साथै फेसनेबल पनि देखिने उहाँँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “वर्षायामका लागि विशेष गरी कटन र जर्र्जेेटका लुगा उपयुक्त हुन्छ ।” 

अनावश्यक लामा भुइँ छुने कपडा वर्षायाममा निकै भद्दा देखिने हुँदा सुहाउँदो किसिमका केही छोटा लुगा सहज हुन सक्छ । उहाँले यो मौसममा रबर र प्लास्टिकका जुत्ता–चप्पल प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिनुहुन्छ । साथै अहिले बजारमा जुत्ताको कभर पनि पाइन थालेकाले त्यसको पनि उपयोग गर्दा जुत्ता भिज्ने डर नहुने बताउनुभयो ।

पहिरनसँगै यूबी प्रोटेक्सन भएको चम्किलो चस्मा र मास्कको पनि प्रयोग गर्नु राम्रो हुन्छ । यो सिजनमा महिलाहरूले ब्याग बोक्दा ठूलोभन्दा सानो र चिटिक्क परेको वाटर प्रुफ ब्याग बोक्नु सहज हुन्छ ।  ब्याग सकेसम्म उज्यालो रङको भएमा राम्रो देखिन्छ ।