काठमाडौं, वैशाख १७ गते । हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायाङ्कन नेपालमा हुने भएको छ । लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो ।
यो फिल्मको छायाङ्कन नेपालका पहाडी क्षेत्रमा हुने हलिउड म्यागेजिन डेलाइनमा उल्लेख गरिएको छ ।
जोनाथन हेन्सलेको लेखन र निर्देशन रहने फिल्मको छायाङ्कन सन् २०२४ को मार्चदेखि सुरु हुने बताइएको छ । हाल भने यस फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको छ।