• १५ असार २०८१, शनिबार

बबिताको पर्खी बसेँ

blog

काठमाडौँ, वैशाख १६ गते । निर्देशक बबिता श्रेष्ठको ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

अदिप घले बम्जनको शब्द, सङ्गीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ भने छायाङ्कन नरेश ऐरले गर्नुभएको छ। भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण हरिबहादुर घलेले गर्नुभएको हो।