कमजोर कथा, फिक्का प्रस्तुति
बलिउडमा साउथ चलचित्रको रिमेक बनाउने चलन कुनै नौलो होइन । अहिले बलिउडका प्रायः चलचित्रहरू पनि रिमेक बनिरहेका छन् । एउटा समय यस्तो पनि थियो निकै कम दर्शकलाई मात्र थाहा हुन्थ्यो कि बलिउड चलचित्र साउथको रिमेक हो । त्यति बेला साउथ चलचित्रको हिन्दी संस्करण पनि खासै उपलब्ध हुँदैनथ्यो तर कोभिड–१९ को समयमा जब दर्शकले ओटीटी र युट्युबमा साउथ चलचित्रको हिन्दी रिमेकलाई मन पराएर हेर्न थाले त्यसपछि बलिउडमा साउथ चलचित्रको रिमेक बनाउनेहरूको लाइन लाग्न थाल्यो । त्यसैले पनि अहिले दर्शकलाई साउथ चलचित्रको हिन्दी रिमेक प्रदर्शन हुनुअघि नै त्यो कुन साउथ चलचित्रको रिमेक हो भन्ने थाहा भइहाल्छ ।
एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’
गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौं उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ ।
रिलभित्रका तमासा
उदार मन भएका श्री ३ महाराज देवशमशेरले मुलुकको बागडोर सम्हालेपछि ‘प्रजा’ले सिनेमा हेर्ने अवसर पाए । संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमबारको गोरखापत्रमा ‘टुँडिखेलमा तमासा’ शीर्षकमा सिनेमा हेर्न सार्वजनिक निम्तो छापियो– श्री ३ महाराजबाट बेदाम्मा दुनिञाहरूले हेर्न पाऊन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर ग-येको सब काम तसवीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा वैशाख गते २६ बुधबारदेखि हुनेछ । सो तमाशा हेर्नेलाई अगाडि केटा केटीहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिसहरू वाहाँपछि बग्गीमा आउनेहरू अरूलाई नछेकने गरी रहने छन् ।
नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार
नेपाली सिने क्षेत्रमा विदेशी चलचित्रको प्रभुत्व कति छ भनेर अनुमान लगाउन नेपाली बक्स अफिसमा दुई चलचित्रको कमाइ हेरे पुग्छ । हलिउडको ‘अवतार : द वे अफ वाटर’ र बलिउडको ‘पठान’ले २०७९ सालमा १० करोड रुपियाँ हाराहारी कमाइ गरेका छन् तर नेपाली चलचित्रले विदेशमा यस्तो कमाइ कहिले गर्ने ? अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, नेपाली डायस्पोरामा पनि नेपाली चलचित्रको उपस्थिति गर्व गर्न लायक छैन । यद्यपि त्यहाँ नेपाली चलचित्रको उपस्थिति बिस्तारै बढ्दै छ । निर्माताहरू त्यतातिर लालायित पनि देखिन्छन् ।
साङ्गीतिक कार्यक्रम सम्पन्न
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय राजदूतावासमा ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को स्थापना दिवस मनाएको छ । आईसीसीआरका एल्मुनाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
सहरमा फेरि ‘मार्क्स फर्किए’
वर्तमान नेपाली राजनीतिसँग सान्दर्भिक परिस्थितिलाई चित्रण गरेको नाटक हो ‘मार्क्स फर्किए’ । आरोहण गुरुकुल नाटकघरमा नाटक अहिले दोस्रो पटक मञ्चन भइरहेको छ । समाजमा धनी र गरिबबीचको खाडल कसरी बढ्दै गएको छ भन्ने सन्दर्भलाई नाटकमा देखाइएको छ । अमेरिकी साहित्यकार हवार्ड जिनद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा प्रस्तुत गरिएको छ । नाटकमा कार्ल माक्र्सको जीवनदर्शन चित्रण गरिएको छ ।
सापकोटाको ‘बम्मै जानी रेलैमा’ सार्वजनिक
युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ । बिहीबार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
फिल्म 'दसारा' नेटफ्लिक्समा आउने
गत मार्च ३० बाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘दसारा’ ले विश्वभर एक सय करोड भारु कमाएको छ । नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको फिल्म ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउने भएको हो ।
'नयाँ पुस्ताले अभिनय र लगानी बलियो बनाउनुपर्छ'
रेलको बाटो, नुनको भारी जस्ता चर्चित गीतका कलाकार हुनुहुन्छ लक्ष्मण देवकोटा । यी गीतमा आफूले सशक्त अभिनय दिएर चर्चा बटुल्नुभएका कलाकार देवकोटा विगत आठ वर्षदेखि कलाकारितामा लाग्नु भएता पनि दर्शकले उहाँलाई चिन्नु भएको दुई वर्ष मात्रै भएको उहाँको अनुभव छ ।
‘द साइलेन्ट इको’ उत्कृष्ट
निर्माता रामकृष्ण पोखरेलको नयाँ लघु चलचित्र ‘द साइलेन्ट इको’ भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा उत्कृष्ट चलचित्र घोषणा भएको छ । नेपाल, भारत, बङ्गलादेश र फ्रान्सको संयुक्त निर्माणमा तयार भएको चलचित्रले उत्कृष्ट चलचित्रसँगै, उत्कृष्ट छायाङ्कनको पनि अवार्ड पनि हात पारेको छ ।
फिल्म 'कैदीको पत्र'को गीत 'घरै बसुँ पिरै पिर हो'
फिल्म 'कैदीको पत्र'को गीत 'घरै बसुँ पिरै पिर हो' सार्वजनिक भएको छ । वैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा प्रमुख कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ।
पासाङ फिल्म वैशाख १५ देखि हलमा प्रदर्शन हुँदै
‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ फिल्म वैशाख १५ गते देखि हलमा प्रदर्शन हुने भएको छ । बुधवार प्रिमियर सो सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलहरूमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
पीडाको कथा ‘बिहे पास’
श्रीमती तथा ससुरालाई फकाउन सरकारी जागिर खानैपर्ने बाध्यताबीच युवाले गर्ने सङ्घर्ष र प्रयत्नको विषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको चलचित्र हो, ‘बिहे पास’ । चलचित्रले आमनेपाली युवाको पीडा बोलेको छ ।
प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र...
‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ ।
दर्शकको रोजाइमा मौलिक चलचित्र
केही समयअघिसम्म नेपाली चलचित्र भनेपछि दर्शक नाक खुम्च्याउँथे तर आज त्यो अवस्थामा निकै सुधार भएको छ । पछिल्लो समय नेपाली चलचित्रहरूले आफ्नै कथावस्तु पस्कन थालेपछि चलचित्र हलहरूमा दर्शकको उपस्थितिमा निकै बढ्न थालेको देखिन्छ । मौलिक नेपाली कथावस्तुको गहिराइमा कलाकारहरूको उत्कृष्ट अभिनय हुन थालेपछि नेपाली दर्शकको रोजाइ पनि हिन्दी चलचित्रबाट नेपालीतर्फ बढ्न थालेको हो ।
गायक सपुतको गीत फेरि चर्चामा
प्रकाश सपुतको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘सकम्बरी’ अहिले दर्शकमाझ चर्चाको घेरामा छ । गीतलाई कतिले नारी अस्मितासँग जोडेर विरोध गरिरहेका छन् भने कतिले सपुतको समर्थन गरिरहेका छन् ।
उपराष्ट्रपति यादवलाई चलचित्र नृत्य संघको बधाई
नेपाल चलचित्र नृत्य संघका कलाकारहरुले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाइ ज्ञापन गर्नुभएको छ ।
‘नेल डिजाइनर’ उत्पादनको हब बन्दै नेपाल'
नेपाल नेल (नङ) आर्टिष्ट उत्पादनका लागि आकर्षक गन्तव्य बनेको छ । सौन्दर्यका लागि कृत्रिम नङ राख्ने तथा डिजाइन गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हबको रूपमा विकास हुँदैगएको छ ।
भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु
भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो ।
चलचित्र अमाजोन प्राइममा
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र अमाजोन प्राइममा रिलिज हुने भएको छ । केही समयअघि ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’को नामबाट रिलिज हुन लागेको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरफिल्म्सले चलचित्रको वितरण गर्दैछ । ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदै छ ।
नेपाली र भारतीय चलचित्र ओटीटीमा
नेपाल र भारतमा प्रदर्शित चलचित्र अब ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो । नेपाल चलचित्र प्रमोसन सर्किट (एनएफपीसी) र चलचित्र एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै चलचित्रको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो ।
सुज्योतिलाई उपाधि
नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न मिस लिटिल नेवाः ११४३ प्रतियोगितामा सुज्योति डङ्गोलले मुख्य उपाधि चुम्नु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि हुनुभयो ।
गायक गर्बुजाको 'लाहुरे' सार्वजनिक
गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाहुरे ठाडो भाका सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी तारा शीर्ष मगरले गर्बुजालाई गायनमा साथ दिनुभएकी छ ।
पालम नाचेपछि...!
नेपाली समाजमा ‘जार’ शब्दले आफ्नी श्रीमती भगाउने व्यक्तिलाई बुझाउँछ । अर्काकी श्रीमती भगाउनेले जसको श्रीमती भगाएको हो, उसलाई तिर्नुपर्ने रकमलाई जारी भनिन्छ । यही विषयवस्तुमा आधारित भएर चलचित्र ‘जारी’ बनेको छ । यस चलचित्रको मुख्य पात्रहरू नामसाङ (दयाहाङ राई), हाङमा (मिरुना मगर) विवाहित जोडी हुन् । दुवै लिम्बू समुदायका हुन् । नामसाङ सधैँ श्रीमतीसँग झगडा मात्र गरिरहन्छन् । त्यसमाथि बिहे गरेको पाँच वर्षसम्म सन्तान नभएकोमा उनी श्रीमतीसँग रुष्ट पनि छन् । यही निहुँमा बारम्बार उनीहरूबीच झगडा भइरहन्छ । एक दिन श्रीमान्को झगडालु व्यवहार सहन नसकेर हङमा घर छोडेर माइत जान्छिन् । यता नामसाङ पनि उनलाई लिन जाँदैनन् ।