• १३ असोज २०८१, आइतबार

साङ्गीतिक कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, वैशाख ९ गते । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय राजदूतावासमा ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को स्थापना दिवस मनाएको छ । आईसीसीआरका एल्मुनाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोसिपमार्फत आईसीसीआरले भारत र नेपालका जनताबीच मित्रभावको निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताउनुभयो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारले विभिन्न शास्त्रीय राग झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यसैगरी चर्चित सङ्गीतकर्मी एवं आईसीसीआर एल्मुनाइद्वय डा. हरिप्रसाद पौड्याल र यात्रिराज अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा केन्द्रका प्रमुख डा. आशा वरी वापट, सांस्कृतिक संस्थान प्रमुख अशोकप्यासी राई, नेपाली अभिनेतात्रय पुष्प खड्का, नरेन खड्का, प्रकाश शाहलगायतको उपस्थिति रहेको थियो ।