• १२ असोज २०८१, शनिबार

श्रेष्ठ र वल्लभलाई सङ्गीत सम्मान

blog

काठमाडौँ, वैशाख १५ गते  । यस वर्षको भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति वल्लभलाई प्रदान गरिने भएको छ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा हुने सो सम्मान गायनतर्फ गायक श्रेष्ठ र सङ्गीततर्फ वल्लभलाई प्रदान गरिने भक्तराज आचार्यका छोरा स्वरूपराज आचार्यले जानकारी दिनुभयो ।  पुरस्कार राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तवलावादक भिपी सिंहलाई प्रदान गरिने पनि उहाँले बताउनुभयो । यो सम्मान कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई गत वर्षदेखि दिन सुरु गरिएको हो । पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ ।