‘तिमीबिना जीवन’ सार्वजनिक
सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमीबिना जीवन’ सार्वजनिक भएको छ । गीतमा धु्रव विश्कोको शब्द तथा सङ्गीत, योगेशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ रहेको छ ।
फागुन २५ मा ‘काँडेतार’
फागुन २५ बाट चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो । सार्वजनिक पोस्टरमा निर्देशक खड्का खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत हुनुभएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देखिन्छ । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको छ चलचित्रमा मा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरीलगायतकाको अभिनय छ ।
आदिपुरुष चलचित्रबारे सञ्चार मन्त्रालयको गम्भीर ध्यानाकर्षण
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाख लिएको स्वीकार
अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ।
लेखक तथा निर्देशक सुब्बा सम्मानित
याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।
कडरियाको ‘तिमी भए मात्रै’ सार्वजनिक
गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ ।
जेम्सको निर्देशनमा ‘सर्ट टर्म मेमोरी लस’
गायक जेम्स प्रधान निर्देशक पनि बन्नुभएको छ । उहाँको निर्देशनमा तयार भएको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौँमा आयोजित एक समारोहबिच प्रिमियर सो गरियो । एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गर्नुभएका गायक जेम्सले आफूनिकट भविष्यमा चलचित्रको निर्देशक बन्न सक्ने सङ्केत गर्नुभयो ।
प्रेमा र हेमन्तले ल्याए पञ्चेबाजाको भिडियो
गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वर रहेको पञ्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक भएको छ। म्याग्दीमा जन्मे हुर्केका गायक रसाइली र सङ्गीतकार प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ।
फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक
आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । सम्बन्धको कथावस्तुमा आधारित यो फिल्मलाई राजु गिरीले निर्देशन गर्नुभएको हो ।
‘बगान’ को पोस्टर सार्वजनिक
अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते प्रदर्शन हुने भएको छ। प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीलाई राखिएको छ।
कोरियामा ‘नीरफूल’
मुलुकभर प्रदर्शन भइरहेको चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्ने गरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो। बिहीबार दुवै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो।
राम र लङ्केशको लडाइँ ‘आदिपुरुष’
हामी भगवान् रामको कथा जति पटक हेर्छौं र सुन्छौँ, त्यति नै पटक त्यो नयाँ लाग्छ। कुनै पनि धार्मिक प्रसङ्गमा रामको कथा उल्लेख हुनासाथ हामीमाझ निर्देशक रामानन्द सागरले निर्माण गर्नुभएको रामायणको दृश्य सजीव रूपमा आउँछ तर धेरै नयाँ पुस्ताले भने त्यो अवसर पाउन सकेका छैनन्। पौराणिक महाकाव्य रामकथासँग नयाँ पुस्तालाई परिचित गराउन निर्देशक ओम राउतल चलचित्र ‘आदिपुरुष’ पस्कनुभएको छ।
‘नेपाली हाम्रो जात’ सार्वजनिक
सन्देशमूलका गीतसङ्गीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएका स्रष्टा डिआर सुजनले नयाँ म्युजिकल चलचित्र (गीत) ‘नेपाली हाम्रो जात’ ल्याउनुभएको छ । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उहाँले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभयो, “गीत–सङ्गीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यसैले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन् ।” गीतमार्फत उहाँले जातीयभन्दा पनि वर्गीय विभेद विद्यमान भएको सन्देश दिनुभएको छ ।
‘जय हो’ को फर्स्टलुक पोस्टर
आगामी भदौ ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ । निर्माण टिमले बिहीबार चलचित्रका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरु भएको जानकारी दिनुभएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई स्थान दिइएको छ । चलचित्रका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा केही व्यक्तिहरू घोडामा आइरहेका छन्, भने उनीहरूलाई रोक्न मुख्य पात्रले तीर चलाइरहेको देख्न सकिन्छ ।
बेटिङ प्रचारमा पक्राउ परेका कलाकार सरकारी वकिल कार्यालयमा
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
सर्ट फिल्म 'इन्द्रायणी' उत्कृष्ट
दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।
बेटिङ प्रचारको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’सहित ८ जना पक्राउ
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साम्पाङलाई कलाकारको बधाई
धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङको चर्चा जताततै चलिरहेको छ । उहाँ अहिले चलचित्रको नायक झैँ बन्नुभएको छ । उहाँको कामको तारिफ गर्दै बधाई दिनेको ओइरो लागेको छ । यसैबिच कलाकारहरूले पनि साम्पाङलाई बधाई दिन पछि परेनन् । उनीहरूले सामाजिक सञ्जालमार्फत साम्पाङलाई बधाई दिइरहेका छन् ।
‘ओ हो नि’ सार्वजनिक
गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र सङ्गीत, आशिष अविरलको सहायक सङ्गीत र मिक्सिङ, मास्टरिङ छ ।
भदौ १४ बाट ‘गणपति’
चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ को लक्ष्मण रिजाल निर्माता हुनुहुन्छ । चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतलको अभिनय छ ।
विशिष्ट क्षमताका गायक ओम
ओम सुनार २०६६ सालदेखि निरन्तर सङ्गीत साधनामा हुनुहुन्छ । बाल्यकालदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुने सुनारले दर्जनौँ गीतमा स्वर र सङ्गीत दिनुभएको छ । सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहामा बाल्यकाल बिताउनुभएका ओम स्कुल जीवनदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुन्थ्यो । उहाँ हरेक दिन बिहान तीनदेखि चार घण्टा सङ्गीतको अभ्यास गर्नुहुन्छ ।
तारिफयोग्य ‘नीरफूल’
विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा ।
‘नीरफूल’को विशेष प्रदर्शनी
गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।