‘बाघचाल’ की नायिकाको खोजी
निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ ले मुख्य अभिनेतृको खोजी गरिरहेको छ । चलचित्र निर्देशक सम्राट् बस्नेतले डिजिटल अडिसनमार्फत उपयुक्त अभिनेतृको खोजी गरिरहेको बताउनुभएको छ । अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाउनुपर्ने निर्देशक बस्नेतले जनाउनुभएको छ ।
मिस पवी म्युजिक भिडियोको छायाङ्कनमै व्यस्त
केही वर्षयता सामाजिक सञ्जाल टिकटक हरेक उमेर समूहमा लोकप्रिय बन्दै गएको छ। टिकटकमा मनोरञ्जनात्मक सँगसँगै सामाजिक विषयवस्तुमा आधारित विषयको भिडियोसमेत राख्ने चलन बढेको छ।
‘मीरा’ को गीत सार्वजनिक
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाइएको छ ।
‘झिँगेदाउ’ उत्कृष्ट फिचर चलचित्र
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा उत्कृष्ट फिचर चलचित्रको अवार्ड ‘झिँगेदाउ’ ले जितेको छ । काभ्रेको भकुण्डेबेँसीमा शनिबार आयोजित समारोहमा गत वर्षको हिट चलचित्रलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर चलचित्र पटकथाको अवार्ड ‘प्रकाश’ बाट विकास सुवेदीले प्राप्त गरे ।
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो ।
अवार्ड वितरण गर्न मापदण्डको खाँचो
चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको हो ।
राम्रो र खराबबिचको लडाइँ ‘ट्रान्सफर्मर’
हलिउड चलचित्र ‘ट्रान्सफर्मर’ को फ्रेन्चाइज २००७ मा सुरु भएको थियो। चलचित्र ‘ट्रान्सफर्मरः राइज अफ बिस्ट्स’ अघि यसका सात वटा फ्रेन्चाइज चलचित्र प्रदर्शन भइसकेका छन्। यस पटकको कथा नयाँ शत्रुसँग भिडन्तको बारेमा हो जो ग्रहहरूलाई निल्न बाहिर आउँछ। ट्रान्सफर्मर रोबोट हुन् जुन आफ्नो पहिचान लुकाएर कार वा ट्रकका रूपमा मानिसमा अवस्थित हुन्छन्। अटोबोट्स भनिने यी एक प्रकारका रोबोटमा आधारित ‘ट्रान्सफर्मर फ्रेन्चाइज’ दर्शकमाझ अहिले निकै लोकप्रिय छ।
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।
लोकदोहोरीकी ‘स्टेज क्विन’
दाङको देउखुरीमा जन्मिनुभएकी भूमिका गिरीको नाम लोक तथा दोहोरीमा चर्चित छ । बाल्यकालदेखि नै उहाँलाई लोकभाकामा धेरै नै रुचि थियो । कक्षा ५ मा पढ्दा स्कुलमा गायन प्रतियोगितामा भाग लिएको उहाँलाई अझै पनि याद छ । तीजको मेलामा अन्य पूजामा हिँड्दा आफ्नी आमाको मिठो स्वरमा स्वर मिलाउँदामिलाउँदै उहाँले यसैलाई पेसा बनाउन उहाँँको भनाइ छ । गायनका साथै उहाँ नाच्न पनि उत्तिकै सिपालु हुँदै जानुभयो ।
जादुमय आवाजकी धनी सीमा
गुल्मी मुसीकोटमा जन्मिएकी सीमा थापाले लोकदोहोरी गायिकाका रूपमा आफ्नो परिचय बनाइरहनुभएको छ । विगत चार वर्षदेखि लोकदोहोरीमा लाग्नुभएकी थापाले दर्जनौँ लाइभ दोहोरीमा स्टेज सो हरू गरिसक्नुभएकी छ । उहाँको चार वटा एल्बममा स्वर दिनुभएको छ । उहाँको नयाँ एल्बम सार्वजनिक हुने तयारी छ ।
मिलन विश्वकर्मालाई 'क्याप्टिभेटिङ्ग क्रियशन अवार्ड'
झन्डै १ दशकदेखि सङ्गीत क्षेत्रमा म्युजिक भिडियो सम्पादनमा लाग्नुभएका मिलन विश्वकर्मा यतिबेला कलाकारको पहिलो रोजाई बन्नुभएको छ । उहाँले सम्पादन गर्नुभएका अधिकांश गीत सङ्गीत करोड क्लबमा प्रवेश गर्न सफल भएका छन् ।
फिल्म ‘कडी’ को पोखरामा शुभमुहूर्त
दश वर्ष अघि नेपाली चलचित्र ‘नाइके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मसको सहकार्यमा बन्न लागेको फिल्मको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभमुहूर्त गर्नुभयो ।
भाषाबाट चिनिएकी मिस पबी
सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफर्म’ मध्ये टिकटक अत्यन्त लोकप्रिय छ । टिकटकमा चाँडोभन्दा चाँडो स्थापित हुन कतिपयले भड्किला पहिरन, नवशृङ्गार वा अभिनय गरेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै आएका छन् तर अन्यभन्दा पृथक् रूपमा टिकटकमा प्रस्तुत भएर पवित्रा साकी अर्थात् मिस पबीले दुई चार लाख होइन करिब दस लाख सर्वसाधारणको मन जितिसक्नुभएको छ, त्यो पनि एक वर्षको बिचमा ।
केशव राजको निर्देशनमा बन्यो ‘धुवाँ धुवाँ’
निर्देशक केशवराज भट्टको निर्देशनमा तयार भएको ‘धुवाँ धुवाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भट्टले यसअघि गाजलु, मुखै चिलाउने, पहरी फूल, एकै नजरमा, तिमीसँग नजर जुधाई, शीत शीतललगायत दर्जनौँ भिडियो निर्देशन गर्नुभएको छ।
फिल्म 'कार्साङ'मा दयाहाङ अनुबन्धित
अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म 'कार्साङ'मा उहाँ अनुबन्धित हुनुभएको हो ।
क्यानडामा गुञ्जिँदै सपुत
गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिनुहुने भएको छ । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ । आँगन इभेन्ट्स एन्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेसनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडा प्रस्तुत हुँदै हुनुहुन्छ ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने जानकारी गराइएको छ । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सवका निर्देशक चव्रmबहादुर चन्दले जानकारी दिनुभयो । महोत्सव असोज ४, ५ र ६ गते हुने पनि चन्दले जानकारी दिनुभयो ।
रोयल्टी सङ्कलन सम्झौता
गीत/सङ्गीतको रोयल्टी सङ्कलन सम्बन्धमा सोमबार एक सम्झौता भएको छ । प्रस्तोता समाज नेपाल, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबिच सो सम्झौता भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबिच अस्पतालमा गीत/सङ्गीतको सार्वजनिक प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो । अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताउनुभयो ।
भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी
कोभिड–१९ का कारण थलिएकोे नेपाली रङ्गमञ्चमा यति बेला उत्साह छाएको छ । सर्वसाधारणको नाटकप्रतिको मोह देखेर रङ्गकर्मीमा खुसी छाएको छ । यति बेला सर्वसाधारणकै माग अनुरूप नाटकहरू मञ्चन भइरहेका छन् । यसले गर्दा नाटक मञ्चन गर्नेहरूमा प्रतिस्पर्धा बढेको देख्न पाइन्छ ।
हास्य कलाकार श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया
वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक बल
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् ।
समीक्षा र गोकुलको ‘ए सुवा’ सार्वजनिक
समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ ।
पन्तको ‘एक चिम्टी सिन्दूर’
गायिका अञ्जु पन्तको गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ। दुःख पीडा झल्किने गीतमा सविता पोखरेलको शब्द तथा सरोज कोइरालाको सङ्गीत छ। गीतको म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’, अञ्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ। ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन्, कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषय भिडियोमा देखाउन खोजिएको छ। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन उप्रेतीको सम्पादन छ।
पुरानो कपी ‘जरा हट्के जरा बच्के’
सानो सहरको कथालाई निर्देशक तथा सहलेखक लक्ष्मण उतेकरले युवाको चाहना, आकाङ्क्षा, महत्त्वाकाङ्क्षा र विचारलाई प्रायः चित्रण गर्दै आइरहनुभएको छ । चलचित्र ‘लुका छुपी’ र ‘मिमी’ पछि, उहाँले रोमान्टिक कमेडी ‘जरा हट्के जरा बच्के’ मा एउटा सानो सहरको कथा पस्कन खोज्नुभएको छ। चलचित्रको कथा घरपरिवारमा आउने उतारचढावमा नै केन्द्रित छ।