चलचित्र निर्देशक प्रविण सम्मानित
नेपालको पहिलो अवधि भाषाको चलचित्र निर्देशक कैलाश प्रविण सम्मानित हुनु भएको छ ।
फिल्मलाई विदेश जाने भिसा नबनाऔं : प्रकाश सायमी
प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुनुहुन्छ । उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ । सायमी नयाँ फिल्मको स्क्रिप्ट लेखनसँगसँगै र आफ्ना पुराना रचनाको सङ्ग्रह किताब निकाल्ने तयारीमा हुनुहुन्छ ।
'भष्मे डन'को छायाङ्कन सकियो
विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’ को छायाङ्कन सकिएको छ ।
रङ्गमञ्चमा ‘मृत्यु कुण्ड’ र ‘चे इज ब्याक’
आफ्नो देश छाडेर कसैलाई पनि विदेशिने रहर हुँदैन तर नाटक ‘मृत्यु कुण्ड’ आफ्नै देशमा बसेर काम गर्ने सपनालाई चकनाचुर पारेर विदेश पलायन हुने युवाको कथा हो । काठमाडौँबाट उड्न लागेको जहाजभित्र विमान परिचारिकाले त्यहाँभित्रका नियम उद्घोष गरेसँगै विमानले उडान भर्न थाल्छ । विमानमा रहेका नेपाली युवा वैदेशिक रोजगारीमा जाँदै छन् । साथै कोही पढ्नका लागि अस्ट्रेलिया जाँदै छन् । यसरी विदेशिनु युवाका आ–आफ्नै कारण र बाध्यता छन् ।
‘काँडेतार’ लाई सेन्सरको अनुमति
चलचित्र ‘काँडेतार’ ले प्रदर्शनीका लागि सेन्सर बोर्डबाट अनुमति पाएको छ। बोर्डले चलचित्रमा रहेका केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो। निर्माता निर्देशक नवल खड्काले चलचित्र सेन्सर पास भएको बताउनुभयो। गृह मन्त्रालय र भुटानको विषयमा रहेका दुई दृश्य काट्दै सेन्सर पास गरेको जानकारी उहाँले दिनुभयो। चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायतको अभिनय रहेको छ। चलचित्रको मुख्य भूमिकामा निर्देशक खड्काको पनि अभिनय रहेको छ। मणि थापा र दीपक शर्माको सङ्गीत रहेको चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नुभएको छ। चलचित्रमा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताका रूपमा हुनुहुन्छ भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुनुहुन्छ।
ड्रमवादक राना सम्मानित
विगत पाँच दशकदेखि सङ्गीत साधनामा सक्रिय रहनुभएका ड्रमवादक देव रानालाई चितवनस्थित एलटिके खेलकुद तथा कला प्रतिष्ठानले एक समारोहबिच सम्मान गरेको छ। कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले राना राष्ट्रका सम्पत्ति भएको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो। रानालाई सभामुख पाठकले सम्मानपत्र तथा प्रतिष्ठानका अध्यक्ष र सञ्चालक क्रमशः सीता गुरुङ लोहनी र देवेन लोहनीले पच्चिस
स्वदेशी फिल्म तथा वृत्तचित्र निर्माणलाई प्रवर्द्धन गरिने
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । शुक्रबार ४ बजेपछि सुरु सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
फिल्म 'देववाणी'को शुभमुर्हत
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'देववाणी'को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहूर्त गरिएको छ ।
'रेलिमाई'को म्युजिक भिडियो सार्वजनिक
गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ ।
द्वन्द्वप्रधानले भरिपूर्ण ‘छत्रपति’
द्वन्द्वप्रधान चलचित्र ‘छत्रपति’ मार्फत चर्चित तेलगु अभिनेता श्रीनिवास बेल्लमकोंडाले बलिउडमा पहिलो पटक प्रवेश गर्नुभएको छ । यसअघि यही नाममा सन् २००५ मा एसएस राजामौलीले चलचित्रको निर्देशन गर्नुभएको थियो । सो चलचित्रमा अभिनेता प्रभासको अभिनय रहेको थियो । श्रीनिवास अभिनित छत्रपति सोही चलचित्रको रिमेक हो ।
‘डाकिनी’ प्रदर्शन हुँदै
चलचित्र ‘डाकिनी’ शुक्रबारदेखि केही चलचित्र भवनमा प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले व्यावसायिक प्रायोजनले भन्दा पनि हेर्न चाहने दर्शकका लागि लक्षित गर्दै चलचित्र सीमित चलचित्र भवनमा प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।
विजेता घोषित
‘नेवाः सुपरस्टार सिरपा’ कार्यव्रmम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए । त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए ।
‘हुक्का’ प्रदर्शनको तयारीमा
आगामी १२ गतेदेखि चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुँदैछ । चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ ।
सुनिल दवाडीको ‘मोर सजना'मा अलिशा र विकाश
गायक सुनिल दवाडीको ‘मोर सजना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगातको लुक्स सार्वजनिक
छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ ।
यस वर्ष किम्फ नहुने
यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नोे आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । महोत्सवलाई नयाँ ढाँचामा लगेर अघिल्ला वर्षभन्दा अझ राम्रो गर्ने उद्देश्यले यस वर्ष किम्फ केही समयका लागि पछि धकेलिएको संस्थाका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब सबै कुरा नयाँ बन्दै छन् । नयाँ कमिटीले के निर्णय गर्छ त्यही अनुसार हुन्छ । सायद नयाँ कमिटीले नै महोत्सवको मिति पनि तोक्छ होला ।”
डिएसए स्टारका विजेता घोषित
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ का विजेता घोषित भएका छन् । आयोजकका अनुसार दिव्य नेपाली ‘मिनी ‘डिएसए डान्सिङ स्टार’, वाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्रि–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्रि–टिन सिङ्गिङ स्टार’ घोषित हुनुभएको छ ।
'नम्बरी सुन'को शीर्ष गीत
राजु गिरी निर्देशित फिल्म 'नम्बरी सुन'को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
'राष्ट्रिय बाल चलचित्र महोत्सव' हुने
चलचित्र विकास बोर्डले प्रथम 'राष्ट्रिय बाल चलचित्र महोत्सव' आयोजना गर्ने भएको छ । जेठ २ गते बसेको बोर्ड बैठकको निर्णय अनुसार आगामी असार १,२ र ३ गते दाङ जिल्लामा महोत्सवको आयोजना गर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले जानकारी दिनुभयो ।
रङ्गमञ्चबाट चलचित्रमा जमेका कलाकार
रङ्गमञ्च र चलचित्र एउटै सिक्काका दुई पाटा हुन् । दुवैको उद्देश्य दर्शकलाई मनोरञ्जन प्रदान गर्नु नै हो । यी दुईमा समानतासँगै केही असमानता पनि छन् ।
‘जिउँछु मर्छु’ सार्वजनिक
गायक तथा सङ्गीतकार विपिन घिमिरेको ‘जिउँछु मर्छु...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्द रहेको सो गीतमा घिमिरेले सङ्गीत भर्नुभएको छ ।
'नेफ्टा अवार्ड'को मनोनयन घोषणा
नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने तयारीमा रहेको अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।
फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ २६ मा
फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
‘बडिबिल्डर’ खेलाडी सम्मानित
नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरूले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।