• १३ असोज २०८१, आइतबार

‘बगान’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, असार २१ गते । चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्रको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तीन मिनेट लामो छ । सिनेमाले एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेको छ । चलचित्र यही असार २९ गते प्रदर्शन हुँदै छ । करिश्मा मानन्धरले चलचित्रमा एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सरोजले निर्देशनसँगै अभिनय पनि गर्नुभएको छ ।  

सरोज, करिश्माका सँगै प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल तथा मिथिला शर्माको अभिनय छ । स्वप्न नीरवले पटकथा लेखेको सिनेमालाई सुरेश वाग्लेले निर्माण गर्नुभएको हो भने विनोद मानन्धर कार्यकारी निर्मातामा हुनुहुन्छ ।