• ११ मंसिर २०८१, मङ्गलबार

गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश थापा

blog

काठमाडौं, असार १९ गते। गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ। जसमा गायिका पुनलाई गायक नवीन रानाले स्वरमा साथ दिनुभएको छ। सार्वजनिक गीतमा  प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ।

एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ। भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिनुभएको छ। निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडियोमा जवानीको प्रेमलाई देखाउनुभएको छ। 

भिडियोको छायाकंन राजेश घिमिरेले गर्नुभएको हो। सम्पादन र कलर मनोज कार्कीले गर्नुभएको हो। गायिका पुनका यसअघि झ्याम्मै बस्यो साइली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडियो बजारमा आइसकेका छन्।