प्रेमराज महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक (भिडियो)
लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ।
नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।
चलचित्र ‘राधा’ लाई तीन अन्तर्राष्ट्रिय अवार्ड
सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ ले फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा तीन विधामा अवार्ड प्राप्त गरेको छ । अमेरिकामा ‘राधा’ को विशेष प्रदर्शनीमा व्यस्त रहनुभएका थापाले फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको जानकारी दिनुभयो । सो फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, चलचित्र सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत सात विधामा मनोनयनमा परेको थियो ।
अटिजममा आधारित ‘मीरा’
नेपाली चलचित्र मीरा : स्याडो अफ अ रेन्बोको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्विन घिमिरेलाई देख्न सकिन्छ ।
अख्तियारका आयुक्त चन्दको नयाँ गीत 'मैनाचरी'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ ।
सरकारले नेपाली चलचित्रलाई उपेक्षा गरेको कलाकारको आरोप
चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ ।
पोखरामा गुञ्जिए कालीप्रसाद
गायक/सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र उहाँको समूह किङ्स लाउन्ज पोखरामा गुञ्जिएको छ । लाउन्जको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाँस्कोटाले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकमाझ गाउनु भएको थियो ।
भिन डिजेलले टिकाएको ‘फास्ट एक्स’
डराउनु नराम्रो कुरा होइन, किनकि डरले मान्छेलाई धेरै कुरा सिकाउँछ । हलिउड चलचित्र ‘फास्ट एक्स’ का नायक भिन डिजेलले आफ्नो किशोर छोरालाई जीवनको यो पाठ सिकाउँदै छन्, जुन पाठ छिट्टै आफ्ना लागि पनि काम लाग्ने छ भन्ने उनलाई थाहा थिएन । हलिउडको सुपरहिट फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ दमदार एक्सन दृश्यका लागि प्रसिद्ध छ ।
भ्रष्टाचारी प्रवृत्तिको कथा नीरफूल
अभिनेता दयाहाङ राईले आफूलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफूले अभिनय गरेको र हलमा सफल रूपमा चलिरहेको ‘जारी’ जस्तै गरी ‘नीरफूल’ पनि मन परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो चलचित्र खिच्न गणेश हिमालमुनिको रुवी भ्यालीमा हामी धेरै मुस्किलले पुगेका थियौँ । मेहनत पनि राम्रै गरेका छौँ । मैले अभिनय गरेको राम्रा चलचित्रमध्ये यो पनि एक हुने छ ।”
ग्रामीण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको हो ।
लोकगीत प्रतियोगिताको उपाधि जनता माविलाई
गणतन्त्र दिवसको अवसर पारेर नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय स्तरीय लोक गीत प्रतियोगिता सम्पन्न भएको छ ।
कलाकारसहित सञ्चारकर्मी पुरस्कृत
गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
‘कला मनोरञ्जनका लागि मात्र होइन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला मनोरञ्जनका लागि मात्र नभएर जीवनका लागि भएको धारणा व्यक्त गर्नुभएको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सोमबार उद्घाटन गर्दै मन्त्री किरातीले कलाको विकास भए मात्र सोचेको समृद्ध नेपालको विकास सम्भव हुने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी सकेसँगै प्रतिष्ठानले असार
सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।
दर्शक पाउनै धौ धौ
नेपाली चलचित्रमा दर्शकले खोज्ने भनेको राम्रो कथावस्तु र मनोरञ्जन नै हो जुन अहिले फेरि खस्किन थालेको प्रतीत हुन्छ । पछिल्ला केही समयमा केही यस्ता चलचित्र पनि आए जसले दर्शकको मन मात्र जितेनन् व्यावसायिक रूपमा पनि उल्लेखनीय सफलता हात पा¥यो । महापुरुष, कबड्डी ४, छक्कापञ्जा ४, जारी त्यसका उदाहरण हुन् तर अहिले प्रदर्शनमा रहेका ‘प्रसाद २’, ‘हल्कारा’, ‘हुक्का’, र ‘टुल्की’ चलचित्रले भने खासै दर्शक तान्न सकेका छैनन् । प्रदर्शनको तयारीमा रहेका ‘नाङ्गो गाउँ’ ‘भष्मे डन’ ‘दिमाग खराब’ ‘महाजात्रा’ लगायतका चलचित्रको मूल्याङ्कन हुनै बाँकी छ ।
नेपाली चलचित्रले जगाएको आशा
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।
अभिनेत्री बिपना थापालाई 'युग नायिका' उपाधि
अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उहाँलाई यो उपाधि दिइएको हो ।
'बहाव'को थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा
फिल्म 'बहाव' ले थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा गरेको छ । बुटवल बस्दै आउनुभएकी विद्या न्यौपानेले थाइल्याण्ड घुम्ने अवसर पाउनुभएको हो ।
फिल्म 'देव वाणी'को छायाङ्कन सुरु
फिल्म 'देव वाणी'को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो ।
'साहुकी छोरी'को म्युजिक भिडियो सार्वजनिक
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत 'साहुकी छोरी'को भिडियो सार्वजनिक भएको छ ।
जीवन्त अभिनय सटिक प्रस्तुति हुक्का
गाउँघरमा हुनेखाने परिवारका बाजेबराजुको सामाजिक वैभवका रूपमा तान्ने हुक्कालाई लिएर एक युवकले आफू पनि हुक्का तान्दै फुक्का जीवन व्यतित गर्ने सपना देख्छ। त्यसका लागि उसले जायज र नाजायज काम गर्दा खाएको हन्डर र सास्ती चलचित्रमा ‘हुक्का’ को कथामा देखिन्छ।
प्रधानलाई मिस नेपालको उपाधि
शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्नुभएको हो ।
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो ।
'फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ'
नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ ।