लोक सङ्गीतमा स्याङ्जाका कलाकारको प्रभाव
नेपाली लोक सङ्गीतको क्षेत्रमा स्याङ्जाका लोक कलाकारको प्रभाव बढ्दै गएको देखिन्छ । स्याङ्जाका पुराना कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायतले लोक सङ्गीतका क्षेत्रमा आफ्नो उचाइ बढाउनुभएको छ ।
नेपाललाई चलचित्र छायांकनको गन्तव्यस्थल बनाउनुपर्छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ।
अभिनेत्री परिणीति र 'आप'नेता राघवकाे इन्गेजमेन्ट
वलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ ।
फिल्म 'हुक्का'को नयाँ गीत 'जाउ न आउ'
आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको सङ्गीत छ ।
‘जुन जस्तै’ सार्वजनिक
दीप बञ्जाराको नौलो प्रस्तुति तथा निर्माणमा बनेको मौलिक आधुनिक लोक लयमा आधारित गीत ‘जुन जस्तै’ सार्वजनिक भएको छ। मोडल मुकुन्द भट्ट तथा दिपीका थापाको अभिनय रहेको गीतमा दिपेन थापा, रचना रिमाल र अम्बिका लुइटेलले आवाज दिनुभएको छ। गीतको शब्द रचना र सङ्गीत अनिश दवाडीले गर्नुभएको छ भने निर्देशन प्रविण थापाको रहेको छ।
सत्य कथामा आधारित : ‘दी केरला स्टोरी’
निर्देशक सुदिप्तो सेन निर्देशित चलचित्र ‘दी केरला स्टोरी’ हिन्दु केटीहरूको कथित धर्म परिवर्तन र कट्टरपन्थीको वरिपरि घुमेको छ। चलचित्र केरलाका तीन युवतीको सत्य कथामा आधारित छ। अनुसन्धान अधिकारीहरूमाझ घेरिनुभएकी फातिमा उर्फ शालिनी उन्नीकृष्णन (अदा शर्मा) ले आफ्नो डरलाग्दो र पीडादायी विगत सुनाउँदै चलचित्रको कथा सुरु हुन्छ। मानिसहरू आइएसआइएसमा कसरी पुग्छन् भन्ने कुरालाई चलचित्रले व्याख्या गर्न खोजेको छ।
रियालिटी सो हुने
एनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि पहिलो पटक रियालीटी सो आयोजना गर्ने भएको छ। धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्ध रूपमा अडिसन गरिने भएको छ। नौ स्थानको अडिसनबाट छानिएका प्रतिभालाई काठमाडौँ ल्याएर डिजिटल अडिसन गरिने छ भने त्यसबाट छानिएकालाई रियालीटी सोमा सामेल गरिने छ।
गायक प्रदीप कार्कीको ‘तै मायाको’मा सुनिल र एलिशाको अभिनय
गायक प्रदीप कार्कीले शुक्रबार ‘तै माया’ बोलको गीतको भिडियो रिलिज गर्नुभएको छ।
‘नीरफूल’को ट्रेलर सार्वजनिक
जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ।
भोलिदेखि भुटानी ‘रेफ्यूजी आइडल’ प्रतियोगिता हुँदै
झापाको बेलडांगीमा शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता आयोजना हुन लागेको हो।
फिल्म 'टुल्की'को ट्रेलर सार्वजनिक
बहुपति प्रथाको कथावस्तुमा आधारित फिल्म 'टुल्की'को ट्रेलर सार्वजनिक गरिएको छ ।
सन्नी लियोनी अनुराग कश्यपसँग 'केनेडी'मा काम गर्ने
वलिउडका चर्चित अभिनेत्री हुनुहुन्छ सन्नी लियोनी । सन्नीले वलिउड फिल्म इन्डस्ट्रीमा आफ्नो छुट्टै स्थान बनाउनुभएको छ ।
तामाङ भाकाको लिपि र राग तयार
तामाङ समुदायमा गाइँदै आएका भाकाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक ती भाकाको नोटेसन (लिपि) र राग तयार गरिएको छ । सर्लाहीको घुर्कौलीका गायक
भारतीय मोडल नेपालमा
‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आउनुभएको छ । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम २१ प्रतियोगीमध्ये विजेता छान्न उहाँ बुधबार नेपाल आउनुभएको हो । उहाँले टप मोडल राउन्ड, स्विमर राउन्ड, प्री जज राउन्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नुहुने छ ।
आजबाट ‘हल्कारा’
चलचित्र ‘हल्कारा’ को प्रदर्शनी शुव्रmबारदेखि सुरु हुँदै छ । चलचित्रको विशेष प्रदर्शनी बुधबार नै भइसकेको छ । बानेश्वरस्थित वान सिनेमाजमा प्रिमियर गरिएको ‘सो’ मा प्रतिनिधि सभा सदस्यहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवालीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति थियो ।
पल शाहको नयाँ गीत 'तिमीलाई हेर्ने बानी पर्यो'
अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्नु चौधरीको आवाज रहेको गीत 'तिमीलाई हेर्ने बानी पर्यो' मा अभिनेता शाहले आफ्नै जेल यात्रालाई प्रस्तुत गर्नुभएको हो ।
एसएस राजामौलीको निर्देशनमा 'महाभारत'मा आधारित फिल्म बन्ने
भारतीय फिल्म निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म 'आरआरआर' लाई लिएर निकै चर्चामा हुनुहुन्छ ।
फिल्म 'हल्कारा'लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
नेपाली चलचित्र 'हल्कारा'को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो ।
गीतकार बलबहादुर परियारको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।
व्यावसायिक बनेनन् ‘बायोपिक’
विभिन्न क्षेत्रका सफल र चर्चित व्यक्तिहरूको जीवनीलाई लिएर ‘बायोपिक’ चलचित्र बनाउने परम्परा पुरानै हो । हलिउड र बलिउडमा मात्र होइन नेपाली चलचित्र उद्योगमा पनि यस्ता बायोपिक चलचित्रहरू बेला बेलामा बन्ने गरेका छन् ।
सङ्गीतबाट नाम कमाएको छु : केसी
नेपाली लोक साङ्गीतिक आकाशमा चम्किलो तारा बन्ने सपना बुनेर १४ वर्षअघि यस क्षेत्रमा होमिनुभएकी लोक पप गायिका सुजाता केसीले आफ्नो सुमधुर स्वरको जादु चलाइरहनुभएको छ ।
विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई
विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७९ सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक प्रकाश गुरुङलाई प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा गुरुङलाई
नेवा: सुपरस्टार सिरपा जेठ २ मा
नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।
दीपक र समीक्षाको नयाँ गीत ‘कौसीमा बसेर’
दीपक गौतम र समीक्षा दाहालको स्वरमा नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।