• ११ मंसिर २०८१, मङ्गलबार

‘द योगिनी’ को प्रोमो सिड्नीमा

blog

काठमाडौँ, असार ११ गते । नेवाः कला संस्कृतिको ३३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । 

सिड्नीको क्याम्प्सी सहरको कम्युनिटी हलमा गुथि अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले पोस्टर अनावरण गर्नुभएको गुथि अस्ट्रेलियाले जनाएको छ । कार्यक्रममा  गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैँजूले गौरवमय परम्परा रहेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे बनाइएको वृत्तचित्र नेपालको इतिहास अध्ययन गर्नेका निम्ति महत्वपूर्ण हुने  धारणा व्यक्त गर्नुभएको गुथि अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

वृत्तचित्र काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको गुंबहाः (गुंबिहार) र त्यहाँ रहेको वज्रयोगिनीसहित अन्य चार योगिनीको तथ्य बुनेर तयार पारिएको छ । कार्यक्रममा वज्रयोगिनी जात्रा तथा वज्रयोगिनीको चर्या गीत पनि प्रस्तुत गरिएको जनाइएको छ ।