• १३ असोज २०८१, आइतबार

डिसहोममा नयाँ नेपाली चलचित्र

blog

काठमाडौँ, असार ८ गते । इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिसहोममा वर्षभर सार्वजनिक भएका सफल नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । सिनेमा हलमा गएर त्यस्ता सफल चलचित्र हेर्न छुटाएका दर्शकलाई लक्ष्य गरी यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार प्रेमगीत ३, छक्कापन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउ जस्ता नयाँ र दर्शकले मन पराएका चलचित्र डिसहोम सिनेमाघर च्यानलमा हरेक दिन विभिन्न समयमा आठ वटा चलचित्र प्रदर्शन भइरहेका छन् । उक्त च्यानलमा चलचित्र हेर्न दर्शकले डिसहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, डिसहोम बिक्रेता तथा मोबाइलबाट एसएमएस पठाएर हेर्न सक्ने कम्पनीले जनाएको छ ।