काठमाडौँ, असार १० गते । काठमाडौँ उपत्यकाका २२ वटाभन्दा बढी लोकदोहोरी व्यवसायीलाई गीत सङ्गीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र (लाइसेन्स) प्रदान गरिएको छ । नेपाल प्रतिलिपि अधिकार कार्यालय र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीसँग ‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको सङ्गीत रोयल्टी’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूलाई अनुमतिपत्र प्रदान गरेको हो ।
अनुमतिपत्र पाउनेहरूमा गाउँले रोधी घर, डाँडा घरे रोधी एन्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एन्ड सुनार हाउस, माइली रोधी घर, सोल्टिनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेँसी दोहोरी साँझ, नीलकमल दोहोरी साँझ छन् ।
त्यस्तै जुनतारा दोहोरी एन्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एन्ड डिस्को, टप राजधानी दोहोरी साँझ, सङ्गीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बाँसुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमतिपत्र लिनुभएको छ ।