‘पानी पानी’ सार्वजनिक
सरोज अधिकारी, आस्मा विश्वकर्मा र करिश्मा श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक भएको छ । गीतमा समिर आचार्य र एलिना चौहानले स्वर दिनुभएको छ भने आनन्द अधिकारीको शब्द रचना रहेको छ । आशिष अविरल सङ्गीतकार हुन् । गीतको भिडियोका निर्देशक सरोज आफैँ हुनुहुन्छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।
‘ज्याकी : आई एम ट्वान्टी वान’को प्रिमियर
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को काठमाडौँमा प्रिमियर भएको छ । प्रिमियरमा नेपाली चलचित्रकर्मीहरू र पत्रकारहरूको सहभागिता रहेको थियो । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक नृत्यको कथा बुनिएको चलचित्र हेर्नेहरूले चलचित्रले पुरानो संरचना भत्काएको प्रतिक्रिया दिनुभएको छ ।
यसरी हुन सकिन्छ फेसनेबल ...
फेसनेबल भएर हिँड्न चाहनेहरूका लागि वर्षायाम निकै दिग्दार लाग्दो हुन सक्छ । यस्तो मौसममा फेसनेबल भएर हिँड्नु निकै कठिन पनि हुन्छ तर ऋतुअनुसारको सही पोसाक छनोट गर्न सकेमा भने चाहेजस्तो फेसनेबल बन्न सकिने सुझाव फेसन विशेषज्ञहरूको रहेको छ । वर्षायाममा निरन्तर पानी परिरहने हुँदा मौसम चिसो हुने भएकाले त्यहीअनुसारको कपडा छनोट गर्नुपर्ने फेसन डिजाइनर रमिला नेम्कुलले बताउनुभयो । मौसमअनुसारको कपडा छनोट गरेर लगाएमा त्यसले व्यक्तित्व राम्रो बनाउँछ । उहाँ भन्नुहुन्छ, ‘‘बजार ट्रेन्ड हेरर पोसाक छनोट गर्नुभन्दा आफ्नो शरीरमा मिल्ने, लगाउँदा आनन्द र शीतलताको अनुभूति हुने कपडा छनोट गर्नु बुद्धिमानी हुन्छ ।”
रियाशा र भिक्टर विवाह बन्धनमा
कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गर्नुभएको हो।
भदौमा ‘दुई कदम’
उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को छायाङ्कन हाल पूर्वका धनकुटा, वसन्तपुर, इलाम, झापा र धरानमा धमाधम भइरहेको छ । तारादेवी लिम्बूको निर्माण तथा दयाराम घिमिरेको कथा रहेको चलचित्रमा अजम्बरी फिल्मस्को प्रस्तुति रहेको छ ।
प्रेम वियोगको कथा ‘रिमझिम’
गायिका राधिका विष्टको शब्द, सङ्गीत र स्वर रहेको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । २०७१ सालमा सुनकोशीमा आएको बाढीपहिरोको घटनालाई आधार बनाएर तयार गरिएको भिडियोमा एक पे्रमिल जोडीको वियोगलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
चलचित्रमा आइटम गीत
पछिल्लो दशक नेपाली चलचित्रहरूमा आइटम गीतलाई विशेष महत्व दिने गरिएको छ । आइटम गीतले बजार तताउने भएपछि गीत लेखन, सङ्गीत संयोजनदेखि छायाङ्कनका लागि चलचित्र निर्माण टोलीको ठूलै मेहनत पर्न थालेको छ । साथै त्यसका लागि ठूलै धनराशि खर्च गर्न निमार्ताहरू तयार हुने गरेका छन् ।
फिल्म 'हुक्का' को ट्रेलर सार्वजनिक
आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।
‘कैदीको पत्र’लाई राम्रो प्रतिक्रिया
शुक्रबार प्रदर्शन भएको चलचित्र ‘कैदीको पत्र’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । देशभरका चलचित्र भवनमा चलचित्र हेरेका दर्शकले चलचित्र मन पराएका छन् ।
सफलताको सिँढीमा अञ्जन
हरेक नेपाली चलचित्रकर्मीको सपना भारतीय चलचित्र उद्योगमा काम गर्ने हुन्छ । सपना सबैको पूरा भने हुँदैन । यसका लागि मेहनत, धैर्य, ज्ञान र सीप आवश्यक हुन्छ । यस्तै क्षमता प्रयोग गरेर आफ्नो सपना पूरा गरिरहनुभएको छ; धनुषा मिथिला नगरपालिका–१०, लालगढका अञ्जन गजुरेलले ।
सहायक श्रीमान डकुमेन्ट्रीले पायो एक करोड ३० लाख रुपियाँ
नेपालको बहुपति प्रथा बारेमा जानकारी गराउने गरी निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हसबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपियाँको सहयोग प्राप्त गरेको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित को–हसबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपियाँ) फिल्म फण्डिङ प्राप्त गरेको हो ।
फिल्म 'ए साथी सुन' को लिरिकल गीत सार्वजनिक
आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ ।
फिल्म 'प्रसाद २'को 'क्रान्ति' गीत सार्वजनिक
हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो ।
नृत्यमा आकर्षण
बिहेको मौसम सुरु हुनै लाग्दा धेरैलाई नृत्यप्रति आकर्षण बढेको छ । त्यसो त सामान्य कम्मर मर्काएर नाच्नेको जमात सानो छैन । बालबालिकादेखि वृद्धवृद्धासम्मले कम्मर मर्काई मर्काई नाचेको हामीले देखेका छौँ । अहिले सामाजिक सञ्चालको बढ्दो प्रभावसँगै मानिसमा प्रशिक्षण लिएरै नृत्य गर्नुपर्छ भन्ने सोचसमेत बढ्दै गएको देख्न पाइन्छ । त्यसैले होला, यति बेला मानिसहरू नृत्यका लागि प्रशिक्षण केन्द्र धाउन थालेका छन् ।
'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक
युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको रोमान्टिक भर्सनको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हलिउड फिल्म 'आइस रोड २' को छायाङ्कन नेपालमा हुने
हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायाङ्कन नेपालमा हुने भएको छ । लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो ।
औसत कथा ‘नाइ नभन्नु ल ६’
एमेनेसिया (भुल्ने रोग) एउटा यस्तो रोग हो, जुन रोग लागेपछि मानिस आफ्नो वर्तमान भुल्दै विगतमा फर्कन्छ । चलचित्र ‘नाइ नभन्नु ल ६’ ले पनि यही रोगलाई आधार बनाएर चलचित्रको कथालाई उल्ट्याएको छ । बालमनोविज्ञानमा शृङ्खलाबद्ध चलचित्र बनाउन खप्पिस निर्देशक विकासराज आचार्यले छैटौँ शृङ्खलामा आइपुग्दा साधारण कथालाई उल्ट्याइ पल्ट्याइ गरी दर्शकलाई भ्रमित पारेर साढे दुई घण्टाभन्दा बढी रोकिने बनाउनुभएको छ । चलचित्रले दर्शकलाई यति लामो विगततिर लैजान्छ कि चलचित्रको कथा कता मोडिएको हो त्यो दर्शकलाई नै थाहा हुँदैन ।
पोस्टर सार्वजनिक
चलचित्र अन्तिम संस्कारको शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गते देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ। दिया पुन र विजय लामाको शीर्ष भूमिका रहेको चलचित्रको पोस्टरमा प्रमुख पात्रहरू पनि समेटिएको छ। चलचित्र प्रदीप शाहीले निर्देशन गर्नुभएको छ। शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ मा आउँदै छ।
बबिताको पर्खी बसेँ
निर्देशक बबिता श्रेष्ठको ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अदिप घले बम्जनको शब्द, सङ्गीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ भने छायाङ्कन नरेश ऐरले गर्नुभएको छ। भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण हरिबहादुर घलेले गर्नुभएको हो।
सङ्गम र अस्मिताको गीतमा प्रियङ्का र नाजिरको अभिनय
‘लभ पर्ला जस्तो छ’ बोलको प्रेम गीतको भिडियो सार्वजनिक भएको छ। गायक सङ्गम शर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरेको हो।
‘जारी’ ले दुई सातामा कमायो १२ करोड
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ ।
श्रेष्ठ र वल्लभलाई सङ्गीत सम्मान
यस वर्षको भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति वल्लभलाई प्रदान गरिने भएको छ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा हुने सो सम्मान गायनतर्फ गायक श्रेष्ठ र सङ्गीततर्फ वल्लभलाई प्रदान गरिने भक्तराज आचार्यका छोरा स्वरूपराज आचार्यले जानकारी दिनुभयो । पुरस्कार राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
एकैसाथ तीन चलचित्र प्रदर्शन
आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।
'हिमालय लोकस्टार'को उपाधि बलराम विश्वकर्मालाई
साङ्गीतिक रियालिटी शो 'हिमालय लोकस्टार'को उपाधि बलराम विश्वकर्माले जित्नुभएको छ ।