• ११ मंसिर २०८१, मङ्गलबार

मिलन विश्वकर्मालाई 'क्याप्टिभेटिङ्ग क्रियशन अवार्ड'

blog

काठमाडौं, जेठ २५ गते । झन्डै १ दशकदेखि सङ्गीत क्षेत्रमा म्युजिक भिडियो सम्पादनमा लाग्नुभएका मिलन विश्वकर्मा यतिबेला कलाकारको पहिलो रोजाई बन्नुभएको छ । उहाँले सम्पादन गर्नुभएका अधिकांश गीत सङ्गीत करोड क्लबमा प्रवेश गर्न सफल भएका छन् । 

गीत सङ्गीतमा होस् वा अन्य क्षेत्रमा सम्पादनको भूमिका विशेष नै रहन्छ । म्युजिक भिडियो निर्माणपछि तयार भएको दृश्यलाई फुलबुट्टा भरेर बाहिर पठाउन विशेष भूमिका खेल्ने काम सम्पादनकर्ताको हो । सोही सम्पादनकर्तामध्ये एक लोकप्रिय भिडियो सम्पादक हुन् मिलन विश्वकर्मा । 

नेपाल भारतको संयुक्त आयोजना लाजिम्पाटको रेडिसन होटलमा सम्पन्न भएको क्याप्टिभेटिङ्ग क्रियशन अवार्ड उत्कृष्ट सम्पादनको अवार्ड विश्वकर्माले हात पार्न सफल हुनुभएको छ । नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष नेपालका विनोद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अवार्डमा सम्पादनको भूमिकामा रहेर उहाँले अवार्ड हात पार्नुभएको हो । 

हालसम्म मिलनले झन्डै २ हजार भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसकेका छन् । सानै उमेरबाट सम्पादनमा चासो राख्ने मिलनले केही समय अगाडी १० औँ म्युजिक खबर म्युजिक अवार्ड समेत प्राप्त गर्नुभएको थियो । 

उहाँले सम्पादन गर्नुभएको उत्कृष्ट म्युजिक भिडियोमा सिमसिमे पानीमा, सकम्बरी (फुलमाया), धोकेबाज, ओइ काजल, ए झरी, तिमीलाई हेर्ने बानी पर्‍यो, नोगेन, घुम्तीमा रेल, रुवाउने, हजार, पुल्यो बामरी, पत्थरको मुटु, अमिलो रसैले, ओ सजन, भाग्यमा खोट छ. ए नि बरै , पिर, दिन गिन–गिन, ओखल ढिकीमा, भूपू माया, कुरा बुज्नु पर्छ, धानको चामल, सिन्दूरको धर्को लगायत छन् ।

अवार्ड प्राप्त गरेपछि मिलनले भन्नुभयो, "मलाई यो स्थानमा पुर्‍याउनुहुने मेरो गुरु प्रविन भट्ट लगायत सबैमा यो खुसी साट्न चाहन्छु ।"