• १४ वैशाख २०८१, शुक्रबार

जादुमय आवाजकी धनी सीमा

blog

काठमाडौँ , जेठ २६ गते । गुल्मी मुसीकोटमा जन्मिएकी सीमा थापाले लोकदोहोरी गायिकाका रूपमा आफ्नो परिचय बनाइरहनुभएको छ । विगत चार वर्षदेखि लोकदोहोरीमा लाग्नुभएकी थापाले दर्जनौँ लाइभ दोहोरीमा स्टेज सो हरू गरिसक्नुभएकी छ । उहाँको चार वटा एल्बममा स्वर दिनुभएको छ । उहाँको नयाँ एल्बम सार्वजनिक हुने तयारी छ ।

‘अँध्यारोमा हिँडेको, हिँड्दाहिँड्दै बत्ती निभेको’ बोलको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको थापाले बताउनुभयो । गीतमा ओम सेञ्चुरी र सीमा थापाले आवाज दिनुभएको छ । जादुमय आवाजकी धनी थापा दर्शकमाझ रोजाइको केन्द्रमा पर्नु हुन्छ । उहाँले राजु परियार, रेशम निर्दोष, सागर बिसी, सुमन परियार, शीतल गुरुङ, बालचन्द्र बराललगायत धेरै गायकसँग गीतहरूमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।