• ११ मंसिर २०८१, मङ्गलबार

प्रेम र युद्धको कथा ‘कर्कले मामाको चौतारी’

blog

काठमाडौँ, जेठ ३० गते । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायाङ्कन भइरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा वासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक वासुदेव आठ वर्षपछि फर्कनुभएको हो । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गर्नुभएको हो ।

ट्रेलरमा सिरियलका प्रमुख पात्रहरूलाई स्थान दिइएको छ । ट्रेलरमा दुई गाउँबिचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ । ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता तारिफयोग्य यथार्थ परक फिल्म निर्देशन गरिसकेका निर्देशक लामिछानेले यसै सिरियलमार्फत निर्माणमा हात हाल्नुभएको हो  । सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोखरेल, तुलसी क्षेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अविराज बिसी, ममता अधिकारी, सरु शर्मा ‘दिया’, दिपेश लामिछाने, श्यामसुन्दर कार्की, कुमार गुरुङ, प्राञ्जल, शिव बराल, राजकुमार गुरुङ, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछानेलगायतका कलाकारको अभिनय छ ।

सिरियलमा सिद्वार्थ गौतमको छायाङ्कन, जय गुरुङ र आशिष गुरुङको शृङ्गार, रोहन नेपालीको नृत्य छ । सिरियलको एक गीतमा नेत्र गुरुङको निर्देशन छ । सिरियलको शीर्ष गीतमा किशोर सुवेदीको सङ्गीत र अर्को गीतमा अराज केशवको शब्द सङ्गीत र दिलीप श्रेष्ठको स्वर रहेको छ ।