निशाको ‘के दोष’
गायिका निशा देसारको ‘के दोष’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार र प्रकाश केसीको एरेन्ज रहेको छ।
'हुक्का : एन एब्सर्ड ड्रिम'लाई उत्कृष्ट प्रतिक्रिया
नेपाली चलचित्र 'हुक्का: एन एब्सर्ड ड्रिम' को काठमाडौंमा प्रेस सो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको प्रिमियर गरिएको हो ।
मिस हेरिटेज ग्लोबल अफ्रिका जाँदै
मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले सन् २०२३ सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ । दक्षिण प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा मुनाले नेपालको सम्पदा झल्काउने
अभिनेता सबिनकाे निर्देशनमा ‘तिमी टाढा’
अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् ।
फिल्म 'हुक्का'को 'वाच एण्ड वीन' अफर
अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ ।
फिल्म 'पुष्पा २ः द रुल' डिसेम्बर २२ मा
अल्लु अर्जुन र रश्मिका मन्डना अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ ।
चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ । ३३ दिन छायाङ्कन गरी पोस्ट प्रोडक्सनको चरणमा पुगेको निर्देशक लामाले जानकारी दिनुभयो ।
लन्डनका हलमा ‘गोर्खा वारियर’
मिलन चाम्सले निर्देशन गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर लन्डनमा हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लन्डनको ‘आइम्याक्स सिनेवल्र्ड’ मा आगामी सेप्टेम्बर १० मा प्रिमियर आयोजना गरिने जानकारी गराइएको छ । सन् १९४९ को ‘मलाया इमर्जेन्सी जङ्गल वारमा गोर्खा सैनिकको साहसिक युद्ध कथालाई चलचित्रमा उतारिएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा चलचित्र रिलिज हुँदै छ ।
देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण
नेपाल सांस्कृतिक महासङ्घले आफ्नो स्थापना दिवसका अवसरमा बुधबार ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला–२०८०’ आयोजना गरेको छ । भेला समापन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले महासङ्घलाई पार्टीले चिन्न र बुझ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चुनावको समयमा मात्र महासङ्घलाई खोज्छौँ । यसको उपयोगिताबारे हामीले केही गर्न सकेका छैनौँ । कलाकारलाई चिन्ने र बुझ्ने गिरिजाबाबु हुनुहुन्थ्यो ।”
महोत्सवका लागि चलचित्र सार्वजनिक
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ । नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्यान्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघुचलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने जनाइएको छ ।
मण्डलामा नाटक 'बुद्ध र भिखारी' मञ्चन हुने
थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । नेपाली लोककथामा आधारित यस नाटकलाई छायाँ (स्याडो) को माध्यमबाट देखाइनेछ ।
‘नीरफूल’ को गीत सार्वजनिक
फुलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ मा रहेको गीत सार्वजनिक गरिएको छ । भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक बिपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । विस २०७२ को महाविनाशकारी भूकम्प र परिवार वियोगको कथावस्तु समेटिएको चलचित्रको गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ ।
लोकगीतको बढ्दो लोकप्रियता
सङ्गीत मन नपर्ने वा सङ्गीतले मन नछुने मान्छे विरलै होलान् । यद्यपि, कस्तो सङ्गीतमा रमाउने भन्ने विषय व्यक्तिको उमेर वा परिवेश अनुसार फरक हुन सक्छ । युवावस्थामा पप रकमा रम्नेहरू परिपक्व हुँदै जाँदा आधुनिक वा कालजयी गीतमा रमाउँछन् भने आफ्नो जन्मथलो र गाउँठाउँबाट टाढिएपछि भने त्यही परिवेशको लोकभाका र लोकदोहोरीप्रति रुचि बढ्न सक्छ ।
हलिउड अभिनेता रे स्टिभेन्सनको निधन
हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । 'आरआरआर', 'थोर', 'डाइभर्जेन्ट' फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।
'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा
वैशाख २९ गते रिलिज भएको नेपाली फिल्म ’हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएको हो ।
‘मंजिले’ को साथमा आए सुदन गैरे (भिडियो)
गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘मंजिले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ । अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ ले सयुक्त रुपमा गीतलाई लेखेका हुन् । शंकर थापा ‘स्माइल’ ले संगीतवद्द गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ ।
‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’ प्रदान
अभिनेतृ करिस्मा मानन्धर र निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ बाट सम्मानित गरिएको छ । आइतबार साँझ मुम्बईमा आयोजित एक कार्यव्रmममा उहाँहरूलाई अवार्ड प्रदान गरिएको हो । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो । भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि
‘बाटो’ को अङ्ग्रेजी ट्रेलर
नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो ः रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ ।
‘झिम परेली’ सार्वजनिक
रानी शाक्य र सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज गिरीको रहेको छ । गीतमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापालगायतको अभिनय रहेको छ । मित्र डि गुरुङको सम्पादन, सुदीप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।
सङ्गीतकार शर्माका करोड ‘भ्युज’ भएका ६ गीतको एउटै सङ्ग्रह
सङ्गीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको सङ्ग्रह बजारमा ल्याउनुभएको छ।
थापाको ‘यो खुसीको पल’मा विजय र सुमी
गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गायक आयुषको 'माया पनि बसेकै थियो' (भिडियो)
गायक आयुष मगरले आफ्नो डेब्यु गीत ’माया पनि बसेकै थियो’ सार्वजनिक गर्नुभएको छ । गीतमा आयुषकै स्वर, शब्द र सङ्गीत छ ।
चलचित्र पत्रकार र कलाकार सम्मानित
मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र पत्रकारलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको २४ औँ स्थापना एवं चलचित्र पत्रकार दिवसको अवसर शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचिच पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार राजन घिमिरे र चलचित्र पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार पोष्टराज अधिकारी (कुमार) लाई सम्मान गरिएको हो । त्यस्तै चलचित्र कलाकर्मी सम्मान २०८० हास्य कलाकार सुलेमान शङ्करलाई प्रदान गरिएको छ ।