• ११ मंसिर २०८१, मङ्गलबार

४० देशका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय जलरंग महोत्सव हुने

blog

काठमाडौँ, असार २१ गते । ऐतिहासिक सम्पदा, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरंग समाज, नेपाल (आइडब्लूएस) को आयोजनामा मङ्सिर १६ गतेदेखि पाँच दिन महोत्सव सञ्चालन हुने जनाइएको छ । 

आइडब्लूएसका अध्यक्ष एनबी गुरुङका अनुसार सम्मेलनमा ४० देशका १५० कलाकारको सहभागिता रहनेछ । सहभागी कलाकारले तयार पारेका तिन सयभन्दा बढी कलाकृति प्रदर्शनी सो अवसरमा गरिनेछ । अध्यक्ष गुरुङका अनुसार सहभागी कलाकारले हनुमानढोका, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार परिसर, बूढानीलकण्ठलगायत ऐतिहासिक ठाउँको चित्रण गर्नेछन् । 

चित्रकला प्रदर्शनीका लागि ‘महान् प्राचीन सभ्यता काठमाडौँ’ तय गरिएको छ । सोही शीर्षकमा  सहभागी कलाकारले चित्रकला तयार पार्नेछन् । आइडब्लूएसले सन् २०१६ र २०१८ मा काठमाडौँ, घान्द्रुक, लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।