• ७ वैशाख २०८१, शुक्रबार

‘धोका’ सार्वजनिक

blog

काठमाडौँ, साउन ३ गते । गायक शिव परियारको स्वरमा नयाँ गीत ‘धोका’ सार्वजनिक भएको छ । साहित्यकार नारद पोखरेलको शब्द रचना रहेको गीतको सङ्गीत सङ्केत अगस्तीले गर्नुभएको छ भने एरेन्ज हृदम कँडेल र मिक्सिङ महेश्वरमान राजभण्डारीले गर्नुभएको हो । 

स्टुडियो साउन्डमिल गौरीघाटमा रेकर्डिङ गरिएको म्युजिक भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतमा माया प्रेममा देखिएको विकृतिलाई उजागर गर्दै अनुशासनमा गरिने माया प्रेमले मात्र सार्थक परिणाम दिन सक्छ भन्ने सन्देश दिन खोजिएको साहित्यकार पोखरेलको भनाइ छ । त्यसै गरी पोखरेलकै शब्दमा विगत डेढ महिना पहिले पनि ‘गएँ थेँ सिङ्गापुर’ बोलको गीत सार्वजनिक भएको थियो । गीतमा युवाले विदेशमा बसेर दुःख गर्नुभन्दा स्वदेशमै केही इलम गरी बस्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।