• ११ मंसिर २०८१, मङ्गलबार

श्रेया अगस्तीको स्वर रहेको परिचयको ‘मेल भर्सन रिलिज’

blog

 काठमाडौं, असार १२ गते। गीतकार नमिता दवाडीको परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन बजारमा आएको छ। श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ।

भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन्। समाजमा तेस्रो लिंगीले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ। गीतले तेस्रो लिंगीले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनुपर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडीको भनाइ छ। 

भिडियोमा कमल सिंह मुख्य भूमिकामा हुनुहुन्छ भने नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ। त्यस्तै लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुलीको सह-भूमिकामा हुनुहुन्छ। भिडियोमा बालकलाकारका रुपमा आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटालाईसमेत देख्न सकिन्छ।

भक्तपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोको राम्रो प्रतिक्रिया आइरहेको भिडियोका निर्माता सुवास दाहालले जानकारी दिनुभयो। अगस्तीको निर्देशनमा तयार भएको भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिगं शिलन लम्सालले गरेका हुन्। भिडियो काठमाडौं उपत्यकाका रमणीय स्थानमा छायांकन गरिएको निर्माता दाहालको भनाइ छ। गीतकार दवाडीले यसअघि ‘परिचय’ बोलको गीतको फिमेल भर्सन बजारमा ल्याउनुभएको थियो।