• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री

blog

काठमाडौँ, साउन १३ गते। चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो। चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ।

यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रूपमा दयाहाङ राई र बुद्धि तामाङ र नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भइसक्नुभएको छ। निर्देशक शेर्पाको यो पहिलो निर्देशकीय चलचित्र हो। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताउनुभयो।