• ११ मंसिर २०८१, मङ्गलबार

‘माइली’ सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), साउन ११ गते  । ‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अङ्किता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ । ललितपुरको मोक्ष रेस्टुरेन्टमा भएको कार्यक्रममा एल्बमको पोस्टर सार्वजनिक गर्दै ‘माइली’ एल्बम सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा गायिका पुनकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाउनुभएको हो । 

एल्बम सार्वजनिकसँगै गायिका पुनको पहिलो साङ्गीतिक भ्रमणबारे पनि जानकारी दिइयो । भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि साङ्गीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ । एल्बमा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेनो र माया त यस्तै हो बोलका गीत समावेश छन् । सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । बाँकी चार गीतको आगामी शुक्रबारदेखि भिडियो व्रmमशः सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले जानकारी दिनुभयो ।

गायिका पुनको साङ्गीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यले साथ दिनुहुने छ । साङ्गीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशनजङ्ग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने छ ।