अफ्रिका फिल्म महोत्सव : बाह्र देशका बाइस चलचित्र देखाइँदै
काठमाडौँको जमलस्थित नाचघरमा आगामी शनिबारदेखि ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’ हुने भएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपालका एक दर्जन र अन्य ११ देशका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र प्रदर्शनका लागि चयन भएका छन् ।
गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश थापा
गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
‘नदेख्दा तिमीलाई’मा केकीसँग रञ्जनको रोमान्स
गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘राजागन्ज’ मा निकिता
कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्ने ‘हाइवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्ने चलचित्र ‘राजागन्ज’ मा मिस नेपाल–२०१७ की निकिता चाण्डकले अभिनय गर्नु हुने भएको छ । चाण्डकले ‘साङ्लो’ चलचित्रपछि दोस्रो चलचित्रमा अभिनय गर्न लाग्नुभएको हो ।
नौलो प्रयोगमा बनेको कथा ‘परस्त्री’
पछिल्लो समय नेपाली चलचित्रका कथा, विषय र त्यसमा प्रयोग गरिने भाषा र प्रस्तुतिको शैलीमा ठुलै परिवर्तन देखिन थालेको छ । चलचित्रका निर्माता तथा निर्देशकले कुन पात्र र कस्तो प्रविधि प्रयोग गर्दा चलचित्र विकाउ हुन्छ भन्ने कुरा बुझिसकेका छन् । त्यसैले निर्माता र निर्देशक नयाँ सोचका विषयवस्तुलाई लिएर कथा बुन्ने र प्रस्तुत गर्न थालेका छन् ।
‘रणा भो’ को शुभ मुहूर्त
वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायाङ्कनसमेत सुरु भएको छ । मुभी प्वाइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेलले निर्देशन गर्दै हुनुहुन्छ । सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौँमा गरिने छ ।
इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनु भएको छ ।
‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न
समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।
फरक शैलीमा ‘प्रोजेक्ट नजिक’
गायक दीपक वज्राचार्यको साङ्गीतिक कोसेलीहरूको नयाँ सङ्गालो ‘प्रोजेक्ट नजिक’ आउँदै छ । तीन दशकदेखि निरन्तर साङ्गीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनुभएका वज्राचार्यले नयाँ र केही पुराना गरी नौ वटा गीतका म्युजिक भिडियोलाई नयाँ शैलीमा दर्शक माझ ल्याउन लाग्नुभएको हो । उहाँले नयाँ प्रस्तुतिहरूलाई म्युजिक भिडियोमा मात्र सीमित नराखी नयाँ शैलीमा देश विदेशका दर्शक माझ पु¥याउने योजनामा रहेको बताउनुभयो ।
‘मै नाचिदिन्छु’ सार्वजनिक
गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ। खरेलकै शब्द तथा सङ्गीत रहेको गीतमा विशम आचार्यको व्यवस्थापन रहेको छ। भिडियोमा कामेश्वर चौरेसिया, पुष्प खड्का, कविता नेपालीलगायतको अभिनय छ।
किसानलाई चटारो कलाकारलाई रमाइलो
नेपाली समाजमा कामको अधिक चटारो परेमा एउटा उखान भन्ने गरिन्छ ‘आफूलाई असार १५ जस्तो भएको छ।’ हो, कृषि प्रधान देशमा असार १५ भनेको निकै चटारोको दिन हो। असारमा रोपेको मानोले नै मङ्सिरमा मुरी भित्रिने हो। त्यसैले यो दिन किसानका लागि उत्तिकै महत्वपूर्ण दिन मानिन्छ। असार १५ सम्म पनि रोपाइँ गर्न नपाए वा नसकेमा उनीहरू ठुलो बेचैनीमा पर्छन्। पानीको भेल छोपेर रोपाइँ गर्न नसके किसानको भकारी भरिँदैन। यतिबेलासम्म सुबिस्ताले रोपाइँ सके भने दही चिउरा जस्ता मिठा परिकार खाएर उत्सव मनाउने गर्छन्।
बाढी पीडितलाई इन्द्रेणी टोलीको राहत
ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले राहत सहयोग उपलब्ध गराएको छ ।
हँसाउने हरर चलचित्र
चलचित्र हलमा अचेल विशुद्ध हरर चलचित्र कमै मात्रामा हेर्न पाइन्छ । किनकी त्यस्ता चलचित्र धेरै कम मात्रा बन्ने गरेका छन् । हरर चलचित्र कम प्रदर्शन भइरहेका बेला कुनै नयाँ हरर चलचित्र प्रदर्शनमा आयो भने त्यसप्रति दर्शकको उत्सुकता बढ्छ नै । चलचित्र ‘१९२० हरर अफ हर्ट’ पाँचौँ फ्रेन्चाइज चलचित्र हो । राज, १९२० जस्ता चलेका हरर चलचित्र बनाउनुभएका निर्देशक विक्रम भट्टकी छोरी कृष्णा भट्टको पहिलो डेब्यु निर्देशन हो, यो चलचित्र ।
अन्यायविरुद्ध लड्नु मेरो चरित्र हो : नायिका थापा
नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको एकछत्र राज चल्थ्यो । नायिका, निर्माता र निर्देशकसम्मको उहाँको चलचित्र यात्रा धेरैका लागि प्रेरणादायी हुन सक्छ । वीर नायिकाका रूपमा पटक पटक पर्दामा देखिने नायिका थापा राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सामाजिक सेवामा पनि समर्पित थापा आफ्नो प्रतिभा र क्षमता देखाउन चाहने महिलाका लागि सहयोग गर्न सधैँ तत्पर रहनुहुन्छ । चलचित्र क्षेत्रको समसामयिक विषयमा नायिका थापासँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
‘म त मर्छु कि क्या हो’ युट्युबमा
हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको चलचित्र यसअघि ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । चलचित्र धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उपराष्ट्रपतिद्वारा अग्रज स्रष्टालाई सम्मान
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा समर्पण गरिएको पुरस्कार काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपति भवनमा मङ्गलबार आयोजित समारोहमा छ जना स्रष्टालाई प्रदान गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सुमनलाई माफी
स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई गायक प्रकाश सपुतले माफी दिनुभएको छ । उहाँको भविष्य नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएको जनाउनुभएको छ । सुमनले गायक प्रकाशसँग माफी माग्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
फेसन : नब्बेकै दशक दोहोरिँदै
फेसन पारखीका लागि यति बेलाको मौसम निकै अनुकूल छ । न धेरै जाडो न त अधिक गर्मी । समय समयमा भइरहने वर्षाले शीतलता प्रदान गरिरहेको छ । यही मौसमलाई दृष्टिगत गरेर युवाका लागि निकै मनमोहक फेसन सहर बजारमा आएको छ तर अहिले चलेको फेसन उही ९० को दशकको नै भएको फेसन डिजाइनर बताउँछन् ।
श्रेया अगस्तीको स्वर रहेको परिचयको ‘मेल भर्सन रिलिज’
गीतकार नमिता दवाडीको परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन बजारमा आएको छ।
सानो सपनाले दिएको ठुलो दुःख ‘नीरफूल’
दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै यो फिल्म हेर्नुभयो । मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्युएफएक्सको हलमा पुग्नुभएको थियो । पूरै समय बसेर फिल्म हेरेपछि मन्त्री किरातीले त्यसको प्रशंसा गर्नुभयो ।
‘लभ, साइमन’ प्रदर्शन
नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित समर मुभी सिरिजमा रोमान्टिक कमेडी चलचित्र ‘लभ, साइमन’ प्रदर्शन गरिएको छ । ललितपुरको लबिमस्थित क्युएफएक्स सिनेमा हलमा बिहीबार ग्रेग बर्लान्टीद्वारा निर्देशित चलचित्र प्रदर्शन भएको हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रमा हाइस्कुल अध्ययनरत समलिङ्गी किशोरको कथा रहेको छ । बेकी अल्बर्टालीको उपन्यास ‘साइमन भर्सेस् होमो सेपियन्स एजेन्डा’ मा आधारित यस चलचित्रमा निक रोबिन्सन, जोश दुहामेल र जेनिफर गार्नरको प्रमुख अभिनय रहेको छ । शिक्षक, परिवार र साथीभाइसँग आफ्नो लैङ्गिक पहिचानलाई लुकाइरहेको किशोरले प्रेम प्राप्त गर्न गर्नु परेको सङ्घर्षलाई यस चलचित्रमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
सत्य–स्वरूप को ‘जङ्गे पिल्लर’
गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा ‘जङ्गे पिल्लर’ सार्वजनिक भएको छ । राष्ट्रिय अखण्डता र स्वतन्त्रताको भाव समेटिएको गीतले वर्षौंदेखिको नेपाल–भारतबिचको सीमा समस्या समाधानको विषय उठान गरेको छ । गीतमा शब्द रचना र सङ्गीत जोसेफ शाही ठकुरीको छ । उदयराज पौडेलको सङ्गीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको सम्पादन र पोस्टर डिजाइन विष्णु खड्काले गर्नुभएको हो ।
‘हेरिटेज अफ फेसन’ तास्मानिया संस्करण सम्पन्न
निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’ को अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गर्नुभएको छ । आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’ मा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल
नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभएको थियो ।