• १२ असोज २०८१, शनिबार

लीलाको शब्दमा ‘पिरतीको मुस्कान’

blog

काठमाडौँ, भदौ ५ गते । अभिनेतृ मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड  ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

लेखक तथा गीतकार लीला सेलिङ माबोको शब्दमा रहेको गीतमा देवेश राईको सङ्गीत, एरेन्ज तथा मिक्सिङ रहेको छ ।  गीतलाई लीला र अञ्जु सेलिङले निर्माण गर्नुभएको हो । गीतमा करणको स्वर रहेको छ । गीत करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शानद्वारा निर्देशित चलचित्र शैलीमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिच्नुभएको हो भने रोशन विश्वकर्माले कोरियोग्राफी गर्नुभएको छ । गीतमा सुप्रिम पराजुलीको सम्पादन छ ।