सय दिनमा ‘जारी’
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो ।
टम क्रुजको अदृश्य मिसन
टम क्रुज एक्सन र भयानक मिसनको साथ फेरि ठुलो पर्दामा फर्किनुभएको छ। उहाँले एक पटक फेरि आफ्नो इथान हन्टको चरित्रलाई चलचित्र ‘मिसन इम्पोसिबल डेड रेकोनिङ पार्ट १’ मार्फत देखाउने मौका पाउनुभएको छ। टम मिसन इम्पोसिबल सिरिजको त्यस्तो अनुहार हो जसले असम्भव मिसनलाई सम्भव बनाउन जस्तो सुकै बाधा अड्चनसँग पनि लड्न तयार रहनुहुन्छ।
'प्रतिभा नक्षत्र'को लागि आवेदन खुला
बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम 'प्रतिभा नक्षत्र २०२३'को लागि आवेदन खुला गरिएको छ ।
‘मिस्टर नेपाल’ मा २० प्रतिस्पर्धी
‘मिस्टर नेपाल २०२३’ का अन्तिम प्रतिस्पर्धी सार्वजनिक गरिएको छ ।
हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’
‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ मा विजेताका दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू हङकङस्थित हेनरी जी लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाझ प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले बताउनुभयो ।
निर्माता बन्दै ‘बले’
सागर लम्साल (बले) सानो पर्दाको सफल अभिनेता मानिनुहुन्छ । ‘बले’ को सानो पर्दाको यात्रा २०७० सालबाट टेलिचलचित्र ‘भद्रगोल’ मार्फत सुरु भएको हो । भद्रगोलमा उहाँले छ वर्षसम्म लगातार अभिनेताका रूपमा काम गर्नुभयो । त्यसपछि भद्रगोलको टिमले अर्को टेलिचलचित्र ‘सक्किगोनी’ निर्माण सुरु ग-यो । ती टेलिचलचित्रमा सागर (बले) पात्रका रूपमा दर्शकमाझ सर्वाधिक लोकप्रिय हुनुहुन्छ ।
‘हामी तीन भाइ’ मा रङ्गकर्मी लक्ष्मी
चलचित्र ‘हामी तीन भाइ’ मुख्य अभिनेतृका रूपमा रङ्गकर्मी लक्ष्मी बर्देवा अनुबन्धित हुनुभएको छ। चलचित्र निर्माण युनिटले बुधबार उहाँलाई चलचित्रमा प्रवेश गराएको हो। मधुसूदन भट्टराईको निर्देशन रहने चलचित्रको केही दिन अगाडि गोर्खाको मनकामना मन्दिर शुभमुर्हूत गरिएको थियो। चलचित्रको छायाङ्कन साउन १० गतेबाट सुरु हुँदै छ।
पुरानै ढर्राको कथा ‘बगान’
चलचित्र ‘बगान’ एकल महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोण, आमाका रूपमा उनले गर्ने सङ्घर्ष र पूरा गर्ने दायित्वको कथा हो। निर्देशक सरोज खनालले एकल आमाको सङ्घर्ष, परिवार र समाजको सङ्कुचित भावना, समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई देखाउने प्रयास गर्नुभएको छ। एउटी सङ्घर्षशील महिलाको अस्तित्वलाई समाजका विभिन्न तत्वले कसरी निमोठ्ने प्रयास गरिरहेको हुन्छ र त्यस्तो प्रवृत्तिसँग जुधेर कसरी महिला अगाडि बढ्न सक्छिन् भन्ने कथा चलचित्रमा देखाइएको छ। त्यस्तै परम्परागत र रूढिग्रस्त समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई पनि चलचित्रमार्फत देखाएर प्रेरित गरेको छ।
भुवन चैत्य वसुन्धरा पुरस्कार घोषणा
तीन वरिष्ठ अभिनेतृहरूको नामबाट स्थापित भुवन चैत्य वसुन्धरा पुरस्कारको घोषणा गरिएको छ। २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य वसुन्धरा फाउन्डेसनले जनाएको छ। २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने विज्ञप्तिमार्फत जनाइएको छ। सङ्गीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। अभिनेतृ मिथिला शर्मालाई २०७८ र अभिनेतृ शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। पुरस्कारको राशि जनही ५१ हजार रुपियाँ रहेको छ।
आर्टमान्डुको ‘ऊनको स्वेटर’
आर्टमान्डुले चलचित्र ‘ऊनको स्वेटर’ निर्माणको घोषणा गरेको छ। गीत सार्वजनिक गर्दै आर्टमान्डुले चलचित्र निर्माणको घोषणा गरेको हो। गायक सुजन चापागाईंको स्वरमा रहेको हर्क साउदको शब्दरचनाको गीत निर्माण पक्षले सार्वजनिक गरेको छ। आर्टमान्डुले चलचित्रका शीर्ष कलाकार र टिम पनि सार्वजनिक गरेको छ।
‘धोका’ सार्वजनिक
गायक शिव परियारको स्वरमा नयाँ गीत ‘धोका’ सार्वजनिक भएको छ । साहित्यकार नारद पोखरेलको शब्द रचना रहेको गीतको सङ्गीत सङ्केत अगस्तीले गर्नुभएको छ भने एरेन्ज हृदम कँडेल र मिक्सिङ महेश्वरमान राजभण्डारीले गर्नुभएको हो । स्टुडियो साउन्डमिल गौरीघाटमा रेकर्डिङ गरिएको म्युजिक भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतमा माया प्रेममा देखिएको विकृतिलाई उजागर गर्दै अनुशासनमा गरिने माया प्रेमले मात्र सार्थक परिणाम दिन सक्छ भन्ने सन्देश दिन
सर्जुन र अस्मिताको 'मनका भावना'
गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ ।
नयाँ तीज गीत 'यो तीजको लहर हो' सार्वजनिक
डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गर्नुभएको हो ।
‘बिताउँ जुनी हाँसेर माया गाँसेर’
गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि रु भन्ने चिन्ता छ, मगर समुदायलाई ।
सुदूरको सङ्गीतमा लक्ष्मीको सुर
नाम उहाँको लक्ष्मी तर पेसागत जीवनमा नाम त्यति मेल खाँदैन, सम्भवतः लक्ष्मीप्रसाद देवकोटाको जस्तै । जन्म पनि विशेष महìव बोकेको माघेसङ्क्रान्तिको दिनमा भएको हो । अन्यत्रका लागि यो दिन सामान्य पर्वको अवसर मात्र हुने गरे पनि कैलालीको थारू बाहुल्य टीकापुरमा भने यो दिन मनाइने माघी स्वतन्त्रता दिवस पनि हो । त्यही दिन घिउ, चाकु र तरुललगायत विभिन्न परिकार खाएर पर्व मनाउँदै गर्दा भएको उहाँको जन्म परिवारका लागि लक्ष्मीको आगमन बराबर नै थियो ।
नेपालगन्जमा खुल्दैछ नयाँ मल्टिप्लेक्स सिनेमा हल
नेपालगञ्जको आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ खुल्दैछ । त्यसको निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
अनुप रेग्मीको ‘एक कदम’मा स्मारिका र प्राञ्जलको अभिनय
गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा कमला न्यौपानेको शब्द, येदिन गजमेरको संगीत रहेको छ।
आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ
विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे ।
कलाकारको पुस्तक मोह
पछिल्लो समय कलाकारहरूमा पुस्तक प्रतिको मोह बढेको छ । कतिपय कलाकारले विविध विधाका पुस्तकलाई पढ्नुलाई आफ्नो नियमित दिनचर्या नै बनाएका छन् । पुस्तकमा समाज प्रतिविम्बित हुने भएकाले राम्रो कलाकार र निर्देशक बन्न सकेसम्म अधिक पुस्तक पढ्नु पर्ने आवश्यकता कलाकारहरू स्वयं औँल्याउँ छन् ।
‘बगान’ हेरेर भक्कानिए दर्शक
चलचित्र बगान प्रदर्शन भएसँगै कलाकारहरू काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शक प्रतिव्रिmया बुझ्न पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेतृ करिश्मा मानन्धर र प्रमिला कार्कीले दर्शकसँग साक्षात्कर गर्नुभएको हो । चलचित्र हेरर फर्किएका दर्शक कोही अभिनेतृ मानन्धरको अँगालोमा परेर आँसु झार्दै थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईं जस्तै हुनुपर्छ भन्दै भक्कानिएका थिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको भन्दै धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका सन्तानले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए ।
नयाँ अवतारमा विपिन
चलचित्र ‘एक भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर प्रमुख भूमिकामा हुनुहुन्छ । विपीनलाई लैङ्गिक अल्पसङ्ख्यक पात्र कमलामाईको अवतारमा देखाइएको छ ।
‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ ।
हलमा नेपाली र अङ्ग्रेजी चलचित्र
शुक्रबार चलचित्र हलमा दुई नेपाली र दुई अङ्ग्रेजी चलचित्र प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘बगान’ र बिहे पास र अङ्ग्रेजी चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिल : डेथ आइल्यान्ड’ प्रदर्शनमा आएको हो । चलचित्र ‘बगान’ अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्रमा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय रहेको छ । अभिनेतृ कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ । अर्को नेपाली चलचित्र ‘बिहे पास’ पुन : प्रदर्शनमा आएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्नुभएको हो ।
शिव सागरको ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक
गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक खड्काकै रहेको छ।