• ११ मंसिर २०८१, मङ्गलबार

जानकीको तिज गीत ‘अब त चाहियो काठमाडौँमा घर’

blog

काठमाडौँ, भदौ २५ गते । गीतकार तथा सङ्गीतकार जानकी पन्थको ‘अब त चाहियो काठमाडौँमा घर’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द र सङ्गीत जानकीकै रहेको छ । गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको छ । 

कलाकारहरू अनु शाह र एसराज गराचको प्रमुख अभिनय तथा नृत्य रहेको गीतमा बालकलाकारहरू हृदया र आदित्यले पनि अभिनय गर्नुभएको छ । सुव्रत आचार्यको निर्देशन एवं सन्तोष राजवाहकको नृत्य निर्देशन रहेको गीतमा मोहन राईको नृत्य संयोजन र दिनेश पराजुलीको छायाङ्कन रहेको छ । विष्णु खड्काको सम्पादन रहेको गीतले काठमाडौँमा लामो समयसम्म भाडामा बस्नु परेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पीडा समेटेको छ । साथै गीतले तराई जस्तो उर्वर भूमि बाँझो राखेर सहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिएको छ ।