बगान समाज परिवर्तन गर्ने चलचित्रः उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो ।
कलाकार मुकन अब निर्देशक
कलाकार मुकन भुसाल निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र ‘बुलबुल’ बाट अभिनयमा डेब्यु गर्नुभएको मुकुन भुसालले ‘हेलिकोप्टर’ चलचित्र निर्देशन गर्न लाग्नुभएको हो । चलचित्र निर्माणमा सुदर्शन थापा, सत्यराज चौलागाईं र वसन्त निरौलाले सहकार्य गर्दै हुनुहुन्छ ।
‘पापी मान्छे–३’ बन्ने
चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले ‘पापी मान्छे–३’ निर्माणको घोषणा गर्नुभएको हो । आरसी पिक्चर्सको प्रस्तुतिमा राजकुमार राईले निर्माण गर्ने चलचित्र जनकदीप पराजुलीले निर्देशन गर्दै हुनुहुन्छ ।
‘बिहे पास’ पुनः प्रदर्शन हुँदै
नेपाली कथानक चलचित्र ‘बिहे पास’ पुनः प्रदर्शन हुने भएको छ । असार २९ गते शुव्रmबार ‘बिहे पास’ प्रदर्शन हुन लागेको हो । दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते प्रदर्शन भएको थियो । तर त्यही दिन दयाहाङ नै मुख्य भूमिका रहेको अर्को चलचित्र ‘जारी’ पनि रिलिज भएको थियो । ‘जारी’ सँग जुध्दा चलचित्रले राम्रो कमाइ गर्न नसकेको वितरक रोहित कट्टेल बताउनुहुन्छ । साथै यति बेला हलमा नयाँ नेपाली चलचित्र पनि नभएकाले हल सञ्चालककै आग्रहमा चलचित्रलाई पुनः प्रदर्शन गर्न लागिएको कट्टेलको भनाइ छ ।
‘प्रकाश’ सर्वोत्कृष्ट फिचर फिल्म
११ औँ संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ मा नेपाली चलचित्रको प्रतिस्पर्धामा दिनेश राउतको ‘प्रकाश’ उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्टको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गर्नुभएको छ ।
फूलपातीमा ‘पशुपति प्रसाद २ : भष्मे डन’
आगामी दशैँको फूलपातीको दिनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ स्वदेश तथा विदेशका चलचित्र घरमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा आगामी फूलपातीका दिन नेपालसहित अन्य देशमा एक साथ सार्वजनिक गरिने पक्का भएको जानकारी दिएको हो ।
‘बगान’ टोली चलचित्र स्टेसनतर्फ
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरूमा पुग्न थालेका छन् । तीमध्ये तीन टोली चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेतृ करिश्मा मानन्धर, नव अभिनेतृ प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किनुभएको हो । चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भए पनि समय अभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताउनुभयो । निर्देशक खनालले चलचित्रको प्राविधिक काममा बढी समय दिनुपरेका कारण चलचित्रका लागि तीन वटा प्रमुख स्टेसनमा मात्र पुग्न सकिएको बताउनुहुन्छ ।
रङ्गमञ्चमा युवापुस्ताको आकर्षण
पछिल्लो समय रङ्गमञ्चमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ। जीवनसँग जोडिएको नाटकले धेरै कलाकार जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नै अनुभव र स्वअध्यननले । नाटकलाई योगदान दिन चाहने र आफ्नो जीवनमा योगदान लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा देखिन थालेका छन् । कसैलाई थिएटरमा अभिनय गरेर चलचित्रमा प्रवेश गर्नु छ त कोहीलार्य आफूभित्र भएको कलालाई अझ तिखार्नु छ ।
बाइस वर्षदेखि निरन्तर ‘खोटाबाजी’
एउटै टेलिसिरियल बाइस वर्षदेखि निरन्तर चलेको विरलै होला । नेपाल भाषाको हास्यव्यङ्ग शैलीको टेलिसिरियल ‘खोटा बजी’ ले २२ वर्षसम्म निरन्तरता दिएको छ । २२ वर्षमा यसको ९५० शृङ्खला प्रशारण भइसकेको छ । एक हजार शृङ्खला पु-याउने लक्ष्यका साथ निर्माण समूहले काम गरिरहेको छ ।
कृशभ ‘जुनियर सांस्कृतिक सद्भावदूत’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अफिसियल फेसबुक पेजमा अत्यधिक मनपराइएको र हेरिएको एउटा भिडियो देख्न सकिन्छ । त्यो भिडियो प्रधानमन्त्री दाहालको कुनै राजनीतिक गफ वा भाषणको होइन । बरु एक बालकले निडर र आत्मविश्वासी शैलीमा प्रधानमन्त्रीसँगको संवादको हो ।
चलचित्र ‘गुराँस’ को तारिफ
नेपाली चलचित्र ‘गुराँस’ को चेक रिपब्लिकमा चलिरहेको ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ मा प्रिमियर भएको छ । चलचित्रले उपस्थित दर्शकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रका निर्देशक सौरभ राईले बताउनुभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ,” उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’
नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ ।
नीरफूल अर्गानिक चलचित्र
पिङ्चावतीको लगातारको यस्तो अनुनय म बुझ्दिनँ । उसको फुत्किने यत्न, उसको गलाको क्रन्दन, उसको निरर्थक कोसिस सबै बुझ्छु तर ‘आमा निबा’ शब्द म बुझ्दिनँ । म सँगसँगै त्यो व्यवस्था, त्यो शासकले पनि ‘आमा निबा’ को अर्थ बुझ्दैन । चलचित्र ‘नीरफूल’ हेर्दै गर्दा मभित्र सोचाइको हुन्डरी मच्चिँदै थियो । मेरा आँखा चलचित्रको पर्दामै टाँसिइरहेका थिए ।
मिस नेवाः प्रतियोगिता सुरु
यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै सुरु भएको छ। नेप्लिज फेसन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीले राजधानीको इन्द्रचोकस्थित आकाशभैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गरेका हुन्।
कार्तिक र कियाराका ‘सत्यप्रेम’
अहमदाबादमा बस्ने सत्यप्रेम (कार्तिक आर्यन) असफलताका कारण आफ्नो पढाइ पूरा गर्न सक्दैनन्। उनी बेरोजगार छन्। सत्यप्रेम र उनका बुवा, आमा र बहिनीको कमाइमा दैनिकी चलाइरहेका हुन्छन्। सत्यप्रेम कथा (कियारा आडवाणी) एकतर्फी प्रेममा हुन्छन्, जो धनी बुवाकी छोरी हुन् र उनको प्रेमी पनि छ। कथाले एक दिन आत्महत्या गर्न खोज्छिन् तर सत्यप्रेमले उनलाई बचाउँछन्। यसबाट प्रभावित भएर उनका बुवाले सत्यप्रेमसँग कथाको विवाह गराउँछन्, जबकि कथा यस विवाहको विरुद्धमा हुन्छिन्। कथा किन आत्महत्याको प्रयास गर्छिन् ? श्रीमान्बाट किन टाढा रहन खोज्छिन् ? यही प्रश्नको जवाफ खोज्न मै रुमलिएको छ चलचित्र।
अभिनेता सारुक ताम्राकारको निधन
अभिनेता सारुक ताम्राकारको निधन भएको छ ।
‘आई एम सरी’ सार्वजनिक
गायक सुनिल छिदालको साङ्गीतिक कोसेली ‘आई एम सरी’ बोलको गीत सुनिल छिदाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जनम रुङ्माहाङ राईको शब्द र छिदालको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा टिकटक स्टार अनु परियारको साथमा छिदालको अभिनय रहेको छ ।
‘चरी’ मा बिना र कमलको अभिनय
गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।
राम्रा चलचित्रलाई बाह्रैमास बहार
कुनै समय हलमा चलचित्र चलाउन कि मौसम कुनुपथ्र्यो कि चाडपर्व । तीज, दसैँ तिहार, नयाँ वर्ष पारेर चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकबिच होडबाजी चल्थ्यो तर अहिले परिस्थिति बदलिएको छ । चलचित्रका लागि कुनै मौसम वा पर्व उपयुक्त हुन्छ भनेर भन्न सकिने अवस्था छैन । क्युज सिनेमाका प्रमुख कार्यकारी अधिकृत राकेश श्रेष्ठ राम्रा चलचित्रका लागि जुनसुकै समय पनि सदाबहार नै ठहरिने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चलचित्र चलाउन मौसम वा पर्व नै कुर्नु पर्छ भन्ने होइन । यदि चलचित्रको कथा राम्रो छ भने जुनसुकै मौसम पनि बहारयुक्त हुन सक्छ ।”
अस्ताए ‘रक’ मै रमाएका रविन
‘मेरो माया, ठिक छ, माया देऊ धोका नदेऊ, केटाकेटी, भुलमा भुलियो’ जस्ता गीत गाएर नेपाली रक सङ्गीतमा श्रोता झुमाएका नेपालका ‘रक स्टार’ रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५, चिसेनीस्थित निवासमा मङ्गलबार बेलुकी उहाँको मृत्यु भएको खबरले नेपाली सङ्गीत क्षेत्रलाई मात्र होइन सम्पूर्ण सङ्गीतप्रेमीलाई स्तब्ध तुल्यायो । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका रविन पछिल्लो समय चलचित्र अभिनय
४० देशका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय जलरंग महोत्सव हुने
ऐतिहासिक सम्पदा, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरंग समाज, नेपाल (आइडब्लूएस) को आयोजनामा मङ्सिर १६ गतेदेखि पाँच दिन महोत्सव सञ्चालन हुने जनाइएको छ ।
महिना दिनपछि अदृश्य
अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेटसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनीय घटनाबाट अचम्मित भएको भावमा देखिनुहुन्छ ।
‘बगान’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्रको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तीन मिनेट लामो छ । सिनेमाले एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेको छ । चलचित्र यही असार २९ गते प्रदर्शन हुँदै छ । करिश्मा मानन्धरले चलचित्रमा एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सरोजले निर्देशनसँगै अभिनय पनि गर्नुभएको छ ।
नायिका थापाको ‘उपहार’
अभिनेतृ रेखा थापाले नयाँ चलचित्रको नाम सार्वजनिक गर्नुभएको छ । चलचित्रको नाम ‘उपहार’ राखिएको छ । रेखा फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र सामाजिक कथामा बन्ने छ । फिल्मको कथा सुलक्षण भारतीले लेख्नुभएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्रमा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहने छ । साउनको दोस्रो साताबाट छायाङ्कन सुरु हुने चलचित्र यसै वर्ष प्रदर्शन गरिने योजना रहेको छ ।