• ११ मंसिर २०८१, मङ्गलबार

राधिका, सहिमा र पूजाको तिज गीत

blog

काठमाडौँ, भदौ ११ गते  । राधिका अधिकारीको नयाँ तिज गीत ‘माइती देशको गाउँ’ सार्वजनिक भएको छ । गीतमा गायिका काव्य आचार्य र मीना नेपालीले स्वर दिनुभएको छ । दीपक शर्माको सङ्गीत तथा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ ।

गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिले पनि तिजको कोसेलीस्वरूप ‘पाउजु बजाउँदै’ बोलको गीत ल्याउनुभएको छ । स्रष्टा अमर वन्तुको शब्द, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा ‘पाउजु बजाउँदै’ बोलको तिज गीतमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय रहेको छ भने निर्देशन स्मृति तिमल्सिनाले गर्नुभएको हो । भिडियो गायिका श्रेष्ठको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

त्यस्तै गायिका पूजा क्षेत्रीले यस वर्षको तिजको कोसेली ‘हाई मेरी गुन्टुरी’ लिएर आउनुभएको छ ।  गायक पशुपति शर्माको लय तथा शब्दमा तयार भएको गीतमा शर्मा र  क्षेत्रीको आवाज रहेको छ । मौसम हिमालीको निर्देशनमा मोडल रमेश विश्वकर्मा र लालाना चिमरियाको प्रस्तुति रहेको गीतको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन छ ।