• ११ मंसिर २०८१, मङ्गलबार

रोधीबाट उदाएकी रोशनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । पश्चिम नेपालमा चल्दै आएको रोधी संस्कृतिबाट गायनयात्रा थाल्नुभएकी गायिका रोशनी रसाइली अहिले लोकप्रिय लोक तथा दोहोरी गायिकाका रूपमा स्थापित हुनुभएको छ । बागलुङमा जन्मिनुभएकी रसाइली विगत १५ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको स्वर रहेको ३३ किलो सुन, काभ्रेमा घर छ (भाग–१), काभ्रेमा घर छ (भाग–२), डाँडाघरे कान्छी, सुनको चुरा, साली भेना, चौतारीमा बर छ, माली गाईको दहीलगायत दर्जनौँ गीत चर्चामा छन् । उहाँ भन्नुहुन्छ, “म मौलिक गीत गाउँछु जसमा आममानिसका भावलाई व्यक्त हुन्छन् र त्यसैले धेरैको मन पनि जित्छ ।” उहाँ नेपाली लोक तथा दोहोरीका साथमा सालैजो, कौडा, पञ्चैबाजाको भाकामा गीत गाउन पनि निकै सिपालु हुनुहुन्छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य क्याम्पसबाट सङ्गीतमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी रसाइलीलाई यही पेसामा रहिरन पति रमेश शिवशङ्करको पनि उत्तिकै साथ सहयोग रहेको बताउनुहुन्छ । रोशनीले कलाको सम्मान गर्दै दजनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाले पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।