शुक्रबारदेखि ‘अदृश्य’
पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवि गिरी, रिस्ता बस्नेत, प्रवीण खतिवडा र प्रिन्स प्रसिड सिंह थापाको उपस्थिति थियो ।
जापानका तीन सहरमा नेपथ्य
शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
‘कलियुगकी राधा’ सार्वजनिक
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै प्रस्तुत गरिएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौँ क्लबमा समेत पर्न सफल भएका छन् ।
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो। चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ।
नृत्य प्रस्तुत गर्दै कलाकारहरू
योङ प्रोफेसनल फेलोसिपको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू
एनिमेटेड चलचित्र सलीनाको टिजर सार्वजनिक
एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ ।
मायाप्रेमको उतारचढाव चलचित्र ‘बवाल’
विश्वयुद्ध–२ को पृष्ठभूमिमा बनेको बलिउड चलचित्र ‘बवाल’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ । श्रीमान् श्रीमतीबिच आउने उतारचढावको कथामा आधारित चलचित्रमा पहिलो पटक कलाकार वरुण धवन र जान्ह्वी कपुरको जोडीलाई हेर्न पाइन्छ । चलचित्रमा हिटलर र दोस्रो विश्वयुद्धको सन्दर्भ देखाइएको छ जसले दर्शकलाई केही मात्रामा भए पनि दुवै विषयमा जानकार बनाउन मद्दत गर्छ ।
‘ऐँचो पैँचो’ को गीत रिलिज
आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको ‘ऐँचो पैँचो’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतमा सङ्गीतकार अविरल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।
जुलेबीको ‘टिजर’ सार्वजनिक
चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुनुहुन्छ । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।
अत्याधुनिक चलचित्र भवन सञ्चालनमा
नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ ।
अनुज र मल्लिकाको ‘पियार’ सार्वजनिक
महेश ताम्राकारको शब्द, सङ्गीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन् ।
चलचित्रमा खोइ दर्शक ?
गत साता चलचित्र ‘बगान’ चलिरहँदा हलभित्रको दर्शकको सङ्ख्या ज्यादै न्यून रहेको पाइयो । कुनै कुनै हलको सोमा त मुस्किलले १० जना दर्शकका लागि पनि चलचित्रका रिल घुमाउनु पर्ने बाध्यता हल सञ्चालकसँग रह्यो । पछिल्लो समय प्रायः अधिकांश चलचित्रको नियति यस्तै रहेको पाइन्छ ।
भदौमा ‘महानगर’
नेपाली कथानक चलचित्र ‘महानगर’ ‘वान् नाइट इन् काठमाडौँ’ भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
‘माइली’ सार्वजनिक
‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अङ्किता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ ।
अनिताको ‘टिकटक’
मोडल एवं गायिका अनिता लिम्बूको नयाँ गीत ‘टिकटक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई लन्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो । अनिताको नै शब्द र सङ्गीत रहेको गीतमा विषम आचार्यको संयोजन रहेको छ ।
‘मिस प्लस टु’ उपाधि शिक्षालाई
‘मिस प्लस टु नेपाल–२०२३’ को उपाधि शिक्षा राणाले जित्नुभएको छ । ‘बेस्ट पर्सनालिटी’ को उपाधि पनि उहाँले नै पाउनुभएको छ । प्रतियोगितामा
नाटक ‘चक्र’ : दर्शक नै कलाकार
नाटक ‘चक्र’ भित्र कुनै कलाकारको अभिनय छैन । दर्शक नै नाटकका कलाकार हुन् । उनीहरूले एक घण्टाको यात्रामा जे जे अनुभव गर्छन् त्यो नै नाटक हो । नाटक घरमा केवल १५ जना दर्शक मात्र अटाउँछन् । उनीहरू नै कलाकार, उनीहरू नै दर्शक । थिएटरभित्र एउटा मञ्च छ, जहाँ १५ वटा कुर्सी राखिएका छन् । हरेक कुर्सी अगाडि एक/एक वटा ज्याकेट झुन्ड्याइएको छ । १५ जना दर्शकलाई कुर्सीमा बस्न आग्रह गरिन्छ । उनीहरूलाई नदेखिने चस्मा लगाउन लगाइन्छ । त्यसपछि मञ्चमा आवाज आउन थाल्छ । कुर्सीमा बसेकालाई चम्चामा मह र घिउ पालैपालो मुखमा राख्न लगाइन्छ । त्यसपछि कालो ज्याकेट लगाइदिइन्छ । कपडाको जुत्ता लगाइदिइन्छ । अनि समाएर कतै थाहा नहुने ठाउँमा लगिन्छ ।
कालीप्रसाद र इन्दिराको साङ्गीतिक यात्रा
सङ्गीतकार तथा गायक कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले साङ्गीतिक कार्यक्रमका लागि अमेरिका यात्रा गर्दै हुनुहुन्छ । थ्री ई इन्टरटेन्मेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर–२०२३’ मा उहाँहरूले आफ्नो प्रस्तुति दिनुहुने छ । थ्री ई इन्टरटेन्मेन्ट एलएलसी युवा सुरेश सापकोटाले स्थापना गर्नुभएको हो
कलाकारमा साउनको उत्साह, व्रतमा भन्दा शाकाहारमा जोड
साउन महिनामा व्रत बसेर भगवान् शिवजीको पूजा आराधना गर्नमा सिने कलाकारहरू पनि अन्य हिन्दु महिला जस्तै उत्साहित छन् तर उनीहरू आम महिला जस्तो कठोर व्रत बस्नुभन्दा पनि यो महिनाभरको खानपानमा भने विशेष सजग हुने गरेका छन् । महिला सिनेकर्मीहरू यति बेला कठोर रूपमा व्रत नै नबसे पनि शाकाहारी भने बन्ने गरेको बताउँछन् । पौराणिक मान्यता अनुसार यो महिनाको सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहँदै आएको छ । धार्मिक आस्था भएकाले महिनाभर माछा, मासु, लसुन प्याजलगायत केही कन्दमूल तथा अशुद्ध मानिएका केही सब्जीलाई वर्जित गर्ने गरेको पाइन्छ ।
गायत्रीलाई नेक्स्ट सुपर मोडल उपाधि
‘नेक्स्ट सुपर मोडल नेपाल’को उपाधि गायत्री गोसाईंले जित्नुभएको छ ।
म्युजिक भिडियोको बजार खस्कँदो
झट्ट सोच्दा जोकोहीलाई पनि लाग्न सक्छ, देशमा बजार छ त मात्र म्युजिक भिडियोको तर यो सत्य होइन । म्युजिक भिडियोमा लगानी गर्नेहरू अहिले आफ्नो पैसा उठ्ने कुरामा ढुक्क देखिँदैनन् । आजकल गीत रेकर्डसँगै म्युजिक भिडियो बन्ने गर्छन् । म्युजिक भिडियोमार्फत कलाकारले अभिनयको अवसर मात्र पाउँदैनन् गायक, गायिकाले दर्शक, श्रोतामाझ चिनिने मौकासमेत पाउँछन् तर अहिले म्युजिक भिडियोको बाढी लाग्न थालेपछि यसको लहर केही तल झर्न थालेको छ ।
थाली नृत्यमा रमाउँदै विद्यार्थी
लैनचौरस्थित शान्ति विद्यागृहले आफ्ना विद्यालयका छात्र/छात्रालाई ‘थाली नृत्य’ को प्रशिक्षण दिन थालेको छ । मगर समुदायमा विभिन्न चाडपर्व, मेलामा दुई हातमा थाल लिएर गरिने मौलिक नृत्यको समूह तयार गर्ने लक्ष्यले विद्यालयले यस्तो नृत्यको प्रशिक्षण दिन थालेको हो ।
फिल्म 'कार्साङ'मा छिरिङ शेर्पा अनुबन्धित
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुभएकी छन् । छिरिङले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्न लाग्नुभएको हो ।
मिस्टर नेपाल २०२३ को उपाधि पाइलट कार्कीको हातमा
न्यु लुक मिस्टर नेपाल २०२३ को उपाधि पाइलट समर्पण कार्कीले हात पार्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धी पछि पार्दै कार्कीले उपाधि जित्न सफल हुनु भएको हो । शनिवार काठमाडौँमा आयोजना गरिएको नेक्स्ट मोडल नेपालले प्रतियोगिताको आयोजना गरेको थियो ।