• ११ मंसिर २०८१, मङ्गलबार

वाग्लेलाई तिज म्युजिक अवार्ड

blog

काठमाडौँ, असोज २ गते । १० औँ छायाछवि तिज म्युजिक अवार्ड २०८० बाट सङ्गीतकार बिपी वाग्लेले मौलिक तिज गीतको लय (सङ्गीत) तर्फ यस वर्षको सर्वोत्कृष्ट अवार्ड जित्नुभएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा ‘बरिलै माइतीकै याद आको’ बोलको तिज गीत लय (सङ्गीत) तर्फबाट सङ्गीतकार वाग्लेलाई अवार्ड प्रदान गरिएको हो ।

तिज गीत लय (सङ्गीत) तर्फ ‘बालापनको तिज’ बबिना भट्टराई, ‘बरिलै माइतीको’ बिपी वाग्ले, ‘तिजको भाका उहिलेका’ विपिन आचार्य, ‘लहरै आयो’ टेकेन्द्र नेपाली र ‘पियारी’ दीपक शर्मा गरी पाँच सङ्गीतकारमध्येबाट फरक एवं मौलिकता जोगाउने गीतहरू छनोटमा परेका थिए ।